खानीखोला हाईड्रोको सेयर कारोबार खुला,केकेएचसि सिम्बोलमा कारोबार हुने

Jan 11, 2017 merolagani

खानीखोला हाईड्रोपावरको  नेपाल स्टक एक्सचेञ्जमा बुधबारबाट सेयर कारोबार खुला भएको छ । नेप्सेले खानीखोलाको सेयर कारोबार मूल्य न्युनतम ९९ रुपैंया ४६ पैसा र अधिकतम दुई सय ९८ रुपैयाँ ३९ पैसा तोकेको छ । कम्पनीको धितोपत्र नेप्सेमा के के एच सि सिम्बोलमा कारोबार हुनेछ ।

हाइड्रोपावरको ४६ लाख ५७ हजार एक सय ४३ कित्ता सेयर गत साता मात्रै नेप्सेमा सूचिकृत भएको थियो । कम्पनीले गत जेठमा ९ लाख ३१ हजार ४ सय २९ कित्ता साधारणसेयर जारी गरेको थियो । साधारण सेयर निष्कासन पश्चात कम्पनीको चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीले ललितपुरको खानीखोलाबाट २ मेगावाट बिजुली उत्पादन गर्ने गरी आयोजना बनाएको छ भने अर्को साढे चार मेगावाटको टुंगुन ठोस्ने खोला आयोजना निमाणाधिन छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।