सहयोगी र सहारा बिकास बैंकको मर्जर टुटेपछि नेप्सेमा कारोबार खुल्यो

Jan 11, 2017 merolagani

सहयोगी बिकास बैंक(SBBLJ)  र सहारा बिकास बैंक (SHBL) को एकआपसमा गाभिने प्रक्रिया भाँडिएको छ । यी दुई बैंकको गाभिने प्रक्रिया तोडिएपछि बुधबारबाट दुवै कम्पनीको सेयर कारोबार खुला गरिएको नेप्सेले जनाएको छ ।



जनकपुरधाममा मुख्य कार्यालय रहेको तीनजिल्ले सहयोगी बिकास बैंक र सर्लाहीको मलंगवामा मुख्य कार्यालय रहेको एक जिल्ले सहारा विकास बैंक मर्जरमा जाने सहमति गरेपछि यी दुवै कम्पनीको नेप्सेमा कारोबार रोकिएको थियो ।

तीनजील्ले विकास बैंकले ०७४ असारसम्म ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्ने हुन्छ ।

comments powered by Disqus

हकप्रद भर्न छुट्ला है, हेर्नुहोस् कुन कम्पनीको कहिलेसम्म भर्नुपर्छ ? (आवेदन फारम र विबरण हेर्ने तरिका सहित)

Dec 09, 2016

- परमेश्वर अधिकारी
पछिल्ला दिनमा हकप्रद निष्काशन गरेका कम्पनीहरुको हकप्रद सेयर भर्न बिर्सिनु भएको त छैन ? आजभोलि धेरै जसो कम्पनीको हकप्रदमा लगानीकर्ताको आवेदन नपर्दा हकप्रदमा नबिकेको सेयर लिलामबाट बिक्री गरेर कम्पनी फाईदामा जाँदा लगानीकर्ताहरु अवसरबाट बञ्चित भैरहेका छन् । हकप्रद जारी गरेका कम्पनीहरुका लगानीकर्ताको हितमा मेरोलगानीले यो विशेष सामग्री तयार पारेको छ । यसबाट तपाईले आफ्नो हकप्रदको विबरण जाँच्नेदेखि हकप्रदको आवेदन फारम समेत पाउन सक्नु हुन्छ ।