त्रिवेणी विकास बैंकको सेयर लिलामी आवेदन माघ १३ बाट, कति आउँदैछ ?

Jan 11, 2017 merolagani

त्रिवेणी विकास बैंक लिमिटेडले संस्थापक र सर्बसाधारण गरी तीन लाख ५८ हजार ५९ कित्ता सेयर लिलामी गर्ने भएको छ । बैंकले सो परिमाणको सेयर बोलकबोल मार्फत माघ १३ गतेबाट बिक्री गर्ने भएको हो ।

बैंकले सर्वसाधारण समूहतर्फको दुई लाख २९ हजार एक सय ४३ कित्ता र एक लाख २८ हजार नौं सय १६ कित्ता संस्थापक सेयर बोलकबोलमा बेच्न लागेको हो । बैंकले कात्तिक २३ गतेदेखि मंसिर २७ गतेसम्म हकप्रदमा बिक्री नभएको सेयर लिलामीमा बिक्री गर्न लागेको हो ।


ईच्छुक लगानीकर्ताले बोलकबोलमा माघ २० गते कार्यालय समयभित्र आवेदन गर्न सक्नेछन् । लगानीकर्ताले कम्तिमा एक सय रुपैयाँ अंकित मूल्य तोकी त्यसभन्दा बढी अंकित मूल्य राखेर आवेदन गर्न सक्नेछन् ।

बोलकबोल मार्फत सेयर लिलामी गर्न बिक्री प्रबन्धक एस क्यापिटल तथा त्रिवेणी विकास बैंक,ट्रेड टावर थापाथलीबाट आवेदन फारम लिन र बुझाउन सकिनेछ । विक्री प्रबन्धक एस क्यापिटलले बोलपत्र माघ २१ गते दिउँसो ३ बजे लालकोलनीमार्ग,लालदरबारमा खोल्ने जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।