एनआईबिएल क्यापिटलमा डिम्याट खाता खोल्नु भएको छ ? यसरी गर्नुहोस् बैंक खाताको विबरण अद्यावधिक

Jan 11, 2017 Merolagani

लगानीकर्तालाई चैत मसान्तसम्ममा डिम्याट खातामा बैंक खाताको विबरण अद्यावधिक गर्न केन्द्रिय निक्षेप प्रणाली सिडिएससीले आग्रह गरे पछि एनआईबिएल क्यापिटलले अनलाइनबाटै लगानीकर्तालाई यस्तो विबरण भर्ने व्यवस्था मिलाएको छ । क्यापिटलका अनुसार लगानीकर्तालाई धाएर सम्बन्धित कार्यालयमा धाउन नपरोस भन्नका लागि अनलाइनबाटै डिम्याट खाताको विबरण अद्यावधिक गर्ने व्यवस्था मिलाइएको हो । कसरी भर्ने बैंक खाताको विबरण ?

सर्वप्रथम तपाईलाई क्यापिटलले डिम्याट खाता खोल्दा उपलब्ध गराएको डेविट इन्स्ट्क्सन स्लिपमा उपलब्ध गराइएको आईडि तथा पासवर्ड प्रयोग गरी एनआईबिएल क्यापिटलको अनलाइन डिम्याट खातामा प्रवेश गर्नु होस् ।

लगइन भैसके पछि तपाईको प्रोफाइलको तल पट्टि डिभिडेन्ड बैंक भन्ने अप्सन देखाउँछ । त्यहाँ आफ्नो बैंक खाताको विबरण भर्ने खाली ठाउँ दिइएको हुन्छ, त्यँहा आफ्नो बैंक खाताको विबरण भरी आफ्नो डिम्याट खाता अद्यावधिक गराउनु होस् ।

एनआईबिएल क्यापिटलका प्रबन्ध निर्देशक मेखबहादुर थापाले लगानीकर्तालाई एनआईबिएल क्यापिटलमा नै धाएर डिम्याट खाता अद्यावधिक गराउन नपरोस भनेर यस्तो व्यवस्था गरिएको बताए । मेरोलगानीसँग कुरा गर्दै थापाले भने, ‘हामीकहाँ डिम्याट खाता खोल्दा उपलब्ध गराएको तीन पुस्ते विबरण र बैंक खातामा खुलाइएको विबरण एउटै भएको बैंक खाता उपलब्ध गराउन हामी लगानीकर्तालाई आग्रह गर्छौं ।’

थापाका अनुसार बैंक खाता र सिडिएससीमा भएको तथ्यांक म्याच गराउनु पर्ने भएकाले लगानीकर्ताले डिम्याट खाता र बैंक खाता खोल्दा एउटै विबरण भएको खाताको विबरण माग गरिएको हो । ‘यदि बैंक खाताको विबरण फरक भएको खण्डमा सम्बन्धित बैंकमा आफ्नो बितरण सच्याएर डिम्याट खातामा बैंक खाताको विबरण अद्यावधिक गराउनु होला ।’ प्रबन्ध निर्देशक थापाले भने ।

सिडिएससी र बैंक खाताको विबरण नमिलेको खण्डमा भोलिका दिनमा अन्यौलता उत्पन्न हुने क्यापिटलले जनाएको छ । सिडिएससीले धितोपत्र बोर्डको निर्देशन अनुसार सबै डिम्याट खातावालाहरुसँग बैंक खाताको विबरण चैत मसान्तसम्ममा उपलब्ध गराउन आग्रह गरेको थियो ।

           ... [सिडिएससीले डिम्याट खातावालाहरुसँग किन माग्यो बैंक खाताको विबरण ?] ...

 

अहिले डिम्याट खातामा बोनस सेयर जम्मा भए जस्तै डिम्याट खातामा नै बैंक खाताको विबरण अद्यावधिक गरेको खण्डमा लगानीकर्ताले नगद लाभांस पनि सिधै बैक खातामा पाउन सक्छन् । यसका साथै सेयर नपरेको पैसा पनि सिधै बैंक खातामा रकमान्तर हुन्छ जसले सेयर आवेदन पश्चात सेयर नपरेको पैसा तथा कम्पनीहरुले उपलब्ध गराउने नगद लाभांस संकलनका लागि लगानीकर्ता धाएर कम्पनी जानु पर्ने बाध्यताको अन्त्य हुनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।