एनआइबिएल प्रगति फन्डको इकाइ बाँडफाँट, कसले कति पाए ?

Jan 12, 2017 merolagani

नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआइबिएल क्यापिटल मार्केटले संचालनमा ल्याएको दोस्रो सामुहिक लगानीकोष एनआइबीएल प्रगति फण्डका इकाइहरु बाँडफाँट भएको छ । सेयर बजारमै लगानी गर्ने मुख्य उदेश्य सहित एनआइबिएल क्यापिटलले ६० करोडको दोस्रो योजना निष्कासन गरेकोमा अघिक माग भएकाले कोषको आकार बढेर ७५ करोड पुगेको छ ।

बुधबार भएको बाँडफाँटमा ५ हजार इकाई (५० हजार रुपैयाँ) सम्म आवेदन दिएकाले ५१ प्रतिशत र सोभन्दा माथिको लागि आवेदन दिएकाले १७.१२ प्रतिशतको दरमा समानुपातिक रुपमा एनआइबिएल प्रगति फन्डका इकाईहरु पाएका छन् ।

कम्पनीले गत मंसिर १६ गतेबाट दश रुपैयाँ अंकित दरका ६० करोड रुपैयाँ बराबरको ६ करोड इकाइ निष्कासन गरेको थियो । ६० करोड रुपैंया बराबरको फण्डमा तीन अर्ब ३२ करोड रुपैंयाँ बराबरको आवेदन परेको थियो ।

एनआइबिएल प्रगतिको फन्डमा कम्पनीले निष्कासन गरेको ६ करोड इकाइमध्ये दश लाख इकाई बीज पूँजी वापत योजना व्यवस्थापक एनआइबिएल क्यापिटल र कोष प्रवद्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई ८० लाख इकाइ छुट्याइएको थियो । सर्वसाधारणले ५ करोड १० लाख इकाइ बिक्री गरिएको हो ।

६० करोड रुपैयाँको यो कोषमा मागभन्दा बढि आवेदन परेपछि नियमअनुसार प्रवद्र्धक बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र योजना व्यवस्थापक एनआइबीएल क्यापिटलले २५ प्रतिशत थप लगानी गरेका छन् । अब यो फण्डको आकार ७५ करोडको पुग्नेछ ।

एनआइबीएलले माघ ३ गतेबाट नपरेको आवेदनको रकम फिर्ता र इकाई पुर्जा वितरण गर्ने जानकारी दिएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।