नेपाल लाइफको एफपिओमा पहिलो दिनमा कति पर्यो आवेदन ?

Jan 12, 2017 merolagani

नेपाल लाइफ इन्सुरेन्स (NLIC) को एफपीओमा आवेदन खुला गरेको पहिलो दिन बुधबारमा मात्रै तीन अर्ब रूपैयाँभन्दा बढीको आवेदन परेको छ । बुधबार एकै दिनमा २२ हजार आवेदनकर्ताबाट सो रकम बराबरको आवेदन परेको हो ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका सुजन अधिकारीले मेरोलगानीसँग कुरा गर्दे पहिलो दिनमै तीन अर्ब रुपैयाँभन्दा बढि एफपीओमा आवेदन परेको जानकारी दिए । बुधबारभन्दा बिहीबार बिहानै देखि नै उल्लेख्य मात्रामा बिक्री केन्द्रहरूमा भीड लाग्न थालिसकेको देखिन्छ । यसको आधारमा विहिबार आवेदन रकम अझ बढ्ने देखिन्छ ।

नेपाल लाईफले प्रति कित्ता १४२५ रुपैयाँका दरले ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपीओको पुस २७ गतेदेखि बिक्री खुला गरेको हो । कम्पनीको एफपीओमा छिटोमा माघ २ गतेसम्म आवेदन गर्न सकिनेछ । कम्पनीले एक सय फेस भ्यालुमा १३२५ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता १४२५ रुपैयाँमा एफपीओ निश्काशन गरेको हो ।

नेपाल लाईफको एफपीओमा न्यूनतम १० कित्ता अर्थात १४ हजार दुई सय ५० रुपैयादेखि र अधिकतम ३० हजार नौ सय ६० कित्ताको चार करोड ४१ लख १८ हजार रुपैंयाँसम्म आवेदन दिन सकिन्छ । 

लगानीकर्ताले कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड, नेपाल लाइफको काठमाडौ शाखा हेरिटेज प्लाज तथा सिद्धार्थ बैंकका सबै शाखा कार्यालय मार्फत आवेदन लिन र बुझाउन सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै लक्ष्मी क्यापिटल नयाँ वानेश्वर, एनआईबिएल क्यापिटल लाजिम्पाट,कृति क्यापिटल सुन्धारा, काठमाडौ क्यापिटल कमलादी,एस क्यापिटल,सिबिआईएल क्यापिटल तथा ग्लोबल आइएमई क्यापिटल जमलबाट पनि लगानीकर्ताले आवेदन गर्न पाउनेछन् ।

ईन्योरेन्सको कम्पनीको हाल चुक्ता पुँजी दुई अर्ब १६ करोड रूपैयाँ रहेको छ । एफपीओ निष्काशनपछि कम्पनीको चुक्तापूजीँ दुई अर्ब ४७ करोड रूपैयाँ पुग्नेछ ।

कम्पनीले एफपीओ बिक्रीबाट आउने थप एक हजार तीन सय २५ रुपैयाँ प्रिमियमबाट संकलन भएको रकम रिजर्भ कोषमा जम्मा हुनेछ । एफपीओपछि कम्पनीको रिजर्भ कोषमा ६ अर्ब ६९ करोड ३८ लाख रूपैयाँ जम्मा हुनेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।