नेपाल लाइफको एफपिओमा किन देखिएन लगानीकर्ताको भिड ? (फोटो फिचरसहित)

Jan 12, 2017 Merolagani

सामान्यतया साधारण सेयर निष्काशनका बेला आवेदन संकलन केन्द्रहरुमा लगानीकर्ताको अधिक घुईचो लाग्ने गरेको छ । यस क्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बुधबारदेखि निष्काशन गरेको नयाँ सेयरमा आवेदन गर्नेको संख्या सामान्य देखिएको छ । भिड धेरै हुन्छ भन्दै सेयर नभर्ने सोचमा हुनुहुन्छ भने सजिलो गरी सेयर भर्ने यो नै तपाईका लागि उत्तम विकल्प हुन सक्छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको नक्सालस्थित कार्यालयमा नयाँ सेयरमा आवेदन गर्नेहरुले सरासर आवेदन बुझाएर निस्किरहेका छन् । एक सय ८१ स्थानबाट सेयर आवेदन संकलन गर्ने व्यवस्था मिलाइएको क्यापिटलले जनाएको छ ।

धेरै स्थानबाट सेयर आवेदन संकलन गरेका कारण कुनै पनि स्थानमा लगानीकर्ताको अधिक चाप नपरेको भन्दै क्यापिटलले अब सेयर भर्न भाहनेले पनि सहज रुपमा आवेदन गर्न सक्ने बताएको छ । बुधबार बिहान लगानीकर्ताको केही चाप परे पनि त्यस पछि अवस्था सामान्य बनेको भन्दै क्यापिटलले लगानीकर्ताले सहजै आवेदन गर्न सक्ने बताएको हो ।

मेरोलगानीसँग कुरा गर्दै क्यापिटलका मर्चेण्ट बैंकिङ प्रमुख सुजनबावु अधिकारीले भने, ‘लगानीकर्तालाई सेयर आवेदन गर्न असहज नहोस भनेर धेरै संकलन केन्द्र राखेकाले कतै पनि चाप नदेखिएको हो । भिडबाट आजित भएका लगानीकर्ताले नेपाल लाइफको एफपिओमा घण्टौं लाइन बस्नु पर्दैन । आफुलाई पायक पर्ने कुनै पनि स्थानमा गएर केही मिनेटमा नै सेयर आवेदन गर्न सक्नु हुन्छ ।’

अधिकारीले सेयर आवेदन फारम अपुग भएको भन्ने हल्ला निराधार रहेको भन्दै सबै संकलन केन्द्रमा पर्याप्त पारम पठाइएको दाबी समेत गरेका छन् । विगतमा जस्तो पहिले नै फारम लिन मात्र पनि लाइन बस्नु पर्ने नभई अहिले सिधै संकलन केन्द्रमा गएर फारम लिएर त्यहीबाट आवेदन गर्न सकिने उनले बताए ।

सेयर निष्काशन पहिलो पहिलो दिन बुधबारसम्ममा २२ हजार वटा आवेदनबाट तीन अर्ब रुपैंयाको मात्र आवेदन परेको उनले जानकारी दिए । कम्पनीले प्रतिकित्ता एक सय अंकित मूल्यमा एक हजार तीन सय २५ रुपैंया प्रिमियम थप गरी एक हजार चार सय २५ रुपैंयाका दरले ३० लाख ९६ हजार चार सय २९ कित्ता नयाँ सेयर निष्काशन गरेको हो ।

कम्पनीको एफपीओमा न्यूनतम १० कित्ता अर्थात १४ हजार दुई सय ५० रुपैयादेखि अधिकतम ३० हजार नौ सय ६० कित्ता अर्थात चार करोड ४१ लाख १८ हजार रुपैंयाँसम्म आवेदन दिन सकिन्छ । बजारमा तरलता अभाव महसुस भएका बेला कम्पनीको सेयरमा १० गुणा बढी आवेदन पर्दा पनि ४४ अर्ब १२ करोड रुपैंया संकलन हुन्छ । यस आधारमा लगानीकर्ताले अनिवार्य रुपमा सेयर पाउने अवस्था रहने भएकाले पनि आफ्नो क्षमता अनुसार नयाँ सेयरमा आवेदन गर्दा हुन्छ ।

लगानीकर्ताले कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड, नेपाल लाइफको काठमाडौ शाखा हेरिटेज प्लाज तथा सिद्धार्थ बैंकका सबै शाखा कार्यालय मार्फत आवेदन बुझाउन सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै लक्ष्मी क्यापिटल नयाँ वानेश्वर, एनआईबिएल क्यापिटल लाजिम्पाट, कृति क्यापिटल सुन्धारा, काठमाडौ क्यापिटल कमलादी, एस क्यापिटल, सिबिआईएल क्यापिटल तथा ग्लोबल आइएमई क्यापिटल जमलबाट पनि लगानीकर्ताले आवेदन गर्न पाउनेछन् ।

ईन्योरेन्सको कम्पनीको हाल चुक्ता पुँजी दुई अर्ब १६ करोड रूपैयाँ रहेको छ । एफपीओ निष्काशनपछि कम्पनीको चुक्तापूजीँ दुई अर्ब ४७ करोड रूपैयाँ पुग्नेछ ।

कम्पनीले एफपीओ बिक्रीबाट आउने थप एक हजार तीन सय २५ रुपैयाँ प्रिमियमबाट संकलन भएको रकम जगेडा कोषमा जम्मा हुनेछ । एफपीओपछि कम्पनीको जगेडा कोषमा ६ अर्ब ६९ करोड ३८ लाख रूपैयाँ जम्मा हुनेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।