सानिमा बैंक सहित नेप्सेमा थपियो ७८ लाख ८५ हजार कित्ता बोनस सेयर

Jan 12, 2017 merolagani

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा बिहीबार ७८ लाख ८५ हजार ४६६ कित्ता बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा सानिमा बैंक (SANIMA)  र निर्धन उत्थान बैंक (NUBL) ले गतबर्षको नाफाबाट वितरण गरेको बोनस सेयर थपिएको हो ।

नेप्सेमा सानिमा बैंकको ६८ लाख ८५ हजार ६४८ कित्ता बोनस सूचिकृत भएको छ भने निर्धन उत्थान बैंकको ९ लाख ९९ हजार ८१८ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । 

सानिमा बैंकले गत आर्थिक बर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर तथा निर्धन उत्थानले २० प्रतिशत बोनस सेयर वितरण गरेका थिए ।

 


comments powered by Disqus

Load More

बाणिज्य बैंकहरुको कति आउँदैछ हकप्रद शेयर ? (बिबरणसहित)

May 27, 2016

तिलक कोइराला र परमेश्वर अधिकारी

१४ बाणिज्य बैंकहरुले २० अर्ब ३७ करोड रुपैयाँको हकप्रद शेयर आगामी दिनमा जारी गर्ने भएका छन् । औपचारिक निर्णय गरी नियमनकारी निकायबाट स्वीकृति पाउन बाँकी र स्वीकृति पाए पनि लगानीकर्ताले आबेदन दिन बाँकीको हिसाव गर्दा यो रकम बराबरको हकप्रद आउने निश्चित भएको हो । त्यसमा निर्णय नगरिसकेका तर हकप्रद शेयर जारी गर्ने संभावना भएका बैंकहरु र प्रिमियमको समेत हिसाव गर्ने हो भने ३० अर्ब रुपैयाँसम्म लगानीकर्ताले हकप्रदका लागि खर्चिनुपर्ने देखिएको छ ।