भार्गवले आफ्ना लगानीकर्तालाई शतप्रतिशत अर्थात १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने अनुमति माग्दै बोर्डमा आवेदन गरेको थियो । बैंकले हकप्रद शेयर जारी गर्न लागेको हो ।
हाल बैंकको १२ करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । १२ लाख कित्ता हकप्रद शेयर निष्काशन पश्चात बैंकको चुक्तापूँजी २४ करोड रुपैयाँ पुग्नेछ ।
बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । बोर्डबाट अनुमति पाउने बित्तिकै हकप्रद निष्कासन प्रक्रिया अघि बढ्ने बैंकले जानकारी दिएको छ ।
बैंकले गतबर्षको मुनाफाबाट २० प्रतिशत बोनस तथा १ दशमलव शुन्य ५ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पुष २३ गते सम्पन्न नवौ बार्षिक साधारणसभाबाट पारित गरिसकेको छ ।
गतआर्थिक बर्षमा बैंकले दुई करोड ५८ लाख ५६ हजार रुपैंया खुद नाफा कमाएको थियो ।चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६५ लाख रुपैयाँ मुनाफा कमाएको बैंकको जगेडाकोषमा चार करोड ९२ लाख रुपैयाँ रहेको छ ।
काबेली विकास बैंकले पचास प्रतिशत हकप्रद बिक्री गर्ने
यता धनकुटमा मुख्य कार्यालय रहेको काबेली विकास बैंकले पचास प्रतिशत हकप्रद निष्कासनको लागि धितोपत्रबोर्डमा आवेदन गरेको छ । बैंकको आठौ बार्षिक साधारणसभाले पचास प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
बैंकले ३ करोड ५० लाख ८ हजार ८ सय रुपैयाँ बराबरको ३ लाख ५० हजार ८ सय ८० कित्ता हकप्रद सेयर बिक्री लागि आवेदन गरेको हो ।
हाल बैंकको ७ करोड चार लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । पचास प्रतिशत हकप्रद पश्चात बैंकको पूँजी साढे दश करोड रुपैयाँ पुग्ने छ ।
बैंकले गत आर्थिक बर्षमा २३ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
काबेली विकास बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएई लिमिटेड रहेको ।