नेपाल लाइफको एफपिओमा दुई दिनमा पौनो दुई गुणा बढी मात्र आवेदन ?

Jan 13, 2017 Merolagani

नेपाल लाइफल इन्स्योरेन्सले निष्काशन गरेको थप नयाँ सेयरमा बिहीबार बेलुकासम्ममा सात अर्ब ६४ करोड रुपैंयाको आवेदन परेको छ । इन्स्योरेन्सले निष्काशन गरेको सेयरको अनुपातमा हिसाव गर्दा दुई दिनमा कम्पनीको एफपिओमा परेको आवेदन एक दशमलव ७३ गुणाले बढी हो । दुई दिनमा कम्पनीको एफपिओका लागि ५८ हजार आवेदनबाट उक्त रकमको आवेदन परेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

मेरोलगानीसँग कुरा गर्दै क्यापिटलका मर्चेण्ट बैंकिङ प्रमुख सुजनवाबु अधिकारीले प्ररम्भिक तथ्यांक मात्र भएकाले केही हेरफेर हुन सक्ने बताए । ‘दुई दिनमा परेको आवेदनमा अधिकांस साना लगानीकर्ता रहेका छन्, अब बाँकी दुई दिनमा ठुला लगानीकर्ताको पनि आवेदन आउने देखिन्छ ।’ अधिकारीले भने । व्याज बचाउनका लागि ठुला लगानीकर्ताले अन्तिम समयमा सेयर आवेदन गर्ने गरेका छन् । यद्यपी विगतमा जस्तो यस पटक लगानीकर्ताको भिड धेरै नदेखिएको हो । 

.. [नेपाल लाइफको एफपिओमा किन देखिएन लगानीकर्ताको भिड ? (फोटो फिचरसहित)] ..

बुधबार कुल २२ हजार आवेदनबाट तीन अर्ब रुपैंयाको आवेदन परेको एफपिओमा बिहीबार थप ३६ हजार आवेदकबाट चार अर्ब ६४ करोड रुपैंयाको आवेदन परेको हो । नेपाल लाइफ इन्सायोरेन्सले १४२५ रुपैयाँका दरले ४ अर्ब ४१ करोड २४ लाख ११ हजार तीन सय २५ रुपैंया बराबरको ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपीओको पुस २७ गतेदेखि बिक्री खुला गरेको हो । एक सय रुपैंया फ्रेस भ्याल्लुमा १३२५ रुपैंया प्रिमियम थप गरी कम्पनीले नयाँ सेयर निष्काशन गरेको हो ।

नेपाल लाईफको एफपीओमा न्यूनतम १० कित्ता अर्थात १४ हजार दुई सय ५० रुपैयादेखि र अधिकतम ३० हजार नौ सय ६० कित्ता अर्थात चार करोड ४१ लाख १८ हजार रुपैंयाँसम्मको आवेदन दिन सकिन्छ । लगानीकर्ताले कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड, नेपाल लाइफको काठमाडौ शाखा हेरिटेज प्लाज तथा सिद्धार्थ बैंकका सबै शाखा कार्यालय मार्फत आवेदन गर्न सक्ने छन् ।

त्यस्तै लक्ष्मी क्यापिटल नयाँ वानेश्वर, एनआईबिएल क्यापिटल लाजिम्पाट, कृति क्यापिटल सुन्धारा, काठमाडौ क्यापिटल कमलादी, एस क्यापिटल नक्साल, सिबिआईएल क्यापिटल पुतली सडक तथा ग्लोबल आइएमई क्यापिटल जमलबाट पनि लगानीकर्ताले आवेदन गर्न सक्नेछन् ।

इन्योरेन्सको हाल चुक्ता पुँजी दुई अर्ब १६ करोड रूपैयाँ रहेको छ । एफपीओ निष्काशनपछि कम्पनीको चुक्तापूजीँ दुई अर्ब ४७ करोड रूपैयाँ पुग्नेछ । कम्पनीले एफपीओ बिक्रीबाट आउने थप एक हजार तीन सय २५ रुपैयाँ प्रिमियमबाट संकलन भएको रकम जगेडा कोषमा जम्मा हुनेछ । एफपीओपछि कम्पनीको जगेडा कोषमा कुल ६ अर्ब ६९ करोड ३८ लाख रूपैयाँ जम्मा हुनेछ । एफपिओको प्रिमियमबाट मात्र कम्पनीले चार अर्ब १० करोड २७ लाख रुपैंयाभन्दा बढी रकम जगेडा कोषमा जम्मा गर्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।