पुस मसान्तमा साधारणसभाको चटारो, शुक्रबार साधारण सभा गर्ने १६ कम्पनी कुन् कुन् हुन् ?

Jan 13, 2017 Merolagani

चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अवधिमा अनिवार्य रुपमा साधारण सभा सम्पन्न गर्नुपर्ने व्यवस्थाका कारण आज अधिकांस पब्लिक कम्पनीहरुको साधारण सभा हुँदैछ । शुक्रवार मात्रै १६ पब्लिक कम्पनीहरुले विभिन्न एजेण्डा लिएर साधारण सभा बोलाएका छन् । हेनुहोस् कुन कम्पनीले कस्ता छन् एजेण्डा ?

एनएलजी ईन्स्योरेन्स कम्पनीले ११ औं साधारण सभाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश पस्ताव पारित गर्देछ । ईन्स्योरेन्सले नेपाल पर्यटन बोर्ड भृकुटिमण्डपमा ११ बजे साधारणसभा गर्दैछ ।

त्यसैगरी नयाँ नेपाल लघुवित्तले आठौं बार्षिक साधारणसभा धुलिखेल ट्रेनिङ सेन्टरमा गर्देछ । लाभांस बाहेकका नियमित प्रकृया साधारण सभामा पुरा हुँदैछन् ।

त्यस्तै मञ्जुश्री फाईनाइन्स लिमिटेडले आफुनो नवौं बार्षिक साधारणसभाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र शुन्य दशमलव ७४ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्दैछ । फाईनाइन्सको साधारणसभा थापागाँउ ब्यानक्वेटमा बिहान १० बजेबाट शुरु भैसकेको छ ।

सहारा विकास बैंकले शुक्रबारको साधारण सभाबाट १८ प्रतिशत बोनस सेयर तथा दुई सय पचास प्रतिशत हकप्रदको प्रस्ताव पारित गर्दैछ । बैंकले सर्लाहिको न्यु होटल सिम्रिकमा ११ बजेबाट साधारणसभा बोलाएको छ ।

नागवेली लघुवित्त विकास बैंकले पनि शुक्रबार नै सातौं बार्षिक साधारणसभा सम्पन्न गर्देछ । लघुवित्तले गत आर्थिक बर्षको कमाईबाट ६० प्रतिशत बोनस सेयर तथा २० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न आर्दश ब्यानक्वेट झापामा ११ बजे साधारणसभा गर्ने भएको हो ।

शुक्रबार नै साधारणसभा गर्न लागेको अर्को ईन्स्योरेन्स कम्पनी हो हिमालयन जनरल ईन्स्योरेन्स । कम्पनीले आफ्नो २३ औं साधारणसभाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्देछ । ईन्स्योरेन्सले एक सय ६६ प्रतिशत हकप्रद निष्काशनको प्रस्ताब पनि सोही साधारण सभाबाट पारित गर्दैछ । ट्रेड टावर थापाथलीमा कम्पनीले साधारण सभा बोलाएको छ ।

त्यस्तै अल्पाईन डेभलपमेन्ट बैंकले शुक्रबार सम्पन्न हुने नवौं बार्षिक साधारणसभाबाट सेयरधनीलाई १४.५ प्रतिशत बोनस प्रस्ताव र तीन कित्ता बराबर दुई दशमलव आठ कित्ता हकप्रद सेयर निष्काशनको प्रस्ताब पारित गर्देछ । बैंकले नवौं वार्षिक साधारणसभा ११ बजे होटल एभाकार्डो हेटौंडामा गर्न लागेको हो ।

हाम्रो विकास बैंकले पनि आफ्नो आठौं बार्षिक साधारणसभा नुवाकोटको विदुरमा दिउँसो एक बजे गर्दै छ । बैंकले साधारणसभाबाट २५ प्रतिशत बोनस सेयर तथा दुई सय प्रतिशत अर्थात एक कित्ता सेयर बराबर दुई कित्ताको दरले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न लागेको हो ।

शुक्रबार नै देव विकास बैंकले आफ्नो १० औं बार्षिक साधारणसभा बिहान ११ बजे लैनचौर ब्यानक्वेटमा बोलाएको छ । बैंकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर तथा पचास प्रतिशत हकप्रदको प्रस्ताव पारित गर्न लागेको हो ।

शुक्रबार साधारणसभा सम्पन्न गर्ने अर्को फाईनाइन्स कम्पनी हो लुम्बिनी फाईनाइन्स एण्ड लिजिङ कम्पनी । फाईनाइन्सले २१ औं बार्षिक साधारणसभाबाट ३५ प्रतिशत बोनस सेयर तथा एक दशमलव ८४ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गर्न लागेको हो । बिहान ११ बजेबाट शुरु हुने साधारणसभा स्टार भेन्यु नक्सालमा सम्पन्न हुनेछ ।

उता बैलास विकास बैंकले समेत शुक्रबार आफ्नो २३ औं बार्षिक साधारणसभा मार्फत सेयरधनीलाई २५ प्रतिशत बोनस प्रस्ताव पारित गर्दैछ । बिहान १० बजेबाट शुरु हुने साधारणसभा अमृतभोग पार्टी प्यालेसमा बोलाइएको छ । साधारण सभाले मर्जरबाट संकलन भएको प्रिमियमबाट कैलाशका लगानीकर्तालाई थप २० प्रतिशत बोनस पनि बितरण गर्ने प्रस्ताव साधारण सभामा लगेको छ ।

यता गण्डकी विकास बैंक र फेवा विकास बैंकले भने विशेष साधारण सभाबाट मर्जर प्रस्ताव पारित गर्दैछन् । दुवै बैंकले होटल बाराहिमा विशेष साधारणसभा मार्फत मर्जरको प्रस्ताव पारित गर्न लागेका हुन् । फेवा विकास बैंकले भने सेयरधनीलाई गण्डकी विकास बैंकसँग मर्जमा गएपछि प्रिमियमबाट २०.६० प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव पारित गर्न लागेको हो ।

शुक्रबार नै जलविघुत्त लगानी तथा विकास कम्पनी र चिलिमे हाईडोपावर लिमिटेडले पनि साधारण सभा बोलाएका छन् । जलविद्युत लगानी तथा विकास कम्पनीले पाँचौ बार्षिक साधारणसभा मार्फत पाँच प्रतिशत नगद लाभांश बितरणको प्रस्ताव पारित गर्दैछ । उसको साधारण सभा आर्मी अफिसर्स क्लबमा ११ बजे सुरु हुँदैछ । उता चिलिमेले भने २० औं वार्षिक साधारणसभाबाट १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न नेपाल प्रज्ञा प्रतिष्थान कमलादीमा १० बजेबाट साधारण सभा गर्दैछ ।

नेपाल चलचित्र विकास कम्पनीले शुक्रबार नै २३ औं बार्षिक साधारणसभा सम्पन्न गर्नेछ । कम्पनीले गत आर्थिक बर्षको आयव्यय विवरण र लेखा परीक्षक नियुक्ति गर्ने प्रस्ताव सहित बालाजुस्थित आफ्नै कार्यालयमा साधारणसभा सम्पन्न गर्न लागेको हो ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।