बागमती डेभलपमेन्टलाई किनेको सानिमा बैंकले थाल्यो एकिकृत कारोबार

Jan 13, 2017 merolagani

सानिमा बैंक लिमिटेडले बागमती डेभलपमेन्ट बैंकलाई प्राप्ति पश्चात शुक्राबारबाट एकिकृत कारोबार थालेको छ । प्राप्ति पश्चात बैंकको चुक्ता पुँजी ५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । सानिमा बैंकले गत असारमा बाग्मतीलाई एक्वायएर गर्ने सम्झौता गरेको थियो ।  सानिमाले बाग्मतीका लगानीकर्तालाई सय कित्ता सेयर बराबर सानिमाको ४१ कित्ता सेयर दिएको छ ।



हरिवनमा आयोजित एक समारोहको बिच प्राप्ति कार्यको शुभारम्भ सानिमाका ब्य्रान्ड प्रवद्र्धक द्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) तथा सानिमा बंैकका संचालक समितिका सदस्य द्वय भरत कुमार पोखरोल र महेश घिमिरेले संयुक्त रुपमा गरे ।

अब सानिमा बैंकको शाखा संजालमा हरिवन तथा लालबन्दी शाखाहरु पनि थपिएका छन् ।
सानिमा बैंकका संचालक समितिका सदस्यज्यूहरु द्वारा प्राप्ति पश्चात सानिमा बंैकले हरिवन र लालबन्दि शाखाबाट पनि सम्पूर्ण बित्तीय सेवा प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे ।

समुद्घाटन समारोहमा मह जोडीले बैंक प्राप्ति कार्य सम्पन्न भएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरे ।

प्राप्ति पश्चात बैंकको चुक्ता पुँजी रु. ५ अर्ब ३० करोड पुगेको छ । साथै, मेचीदेखि महाकालीसम्म शाखा संजाल ४३ वटा तथा ए.टि.एम संख्या ४९ वटा पुगेको छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।