स्टान्डर्ड चार्टर्डले कति मूल्यमा ल्याउने भयो एफपिओ ?

Jan 13, 2017 Merolagani

स्टान्डर्ड चार्टर्ड बैंक (SCB) ले पूँजी वृद्धिका लागि निष्काशन गर्न लागेको थप नयाँ सेयर (एफपिओ) को मूल्य निर्धारण गरेको छ । बैंकको विहिबार बसेको सञ्चालक समितिको ३५० औ बैठकले एफपिओको मूल्य निर्धारण गरेको हो । जस अनुसार प्रतिकित्ता नयाँ सेयर एक सय रुपैंयाको फ्रेस भ्याल्लु तथा ११९० रुपैंया प्रिमियम थप गरी १२९० रुपैंयामा निष्काशन हुनेछ ।

बैंकले २५ लाख ५८ हजार एक सय ४० कित्ता एफपीओ उल्लेखित मूल्यमा निष्काशन गर्ने निर्णय गरेको हो । उक्त मूल्य तथा सेयर संख्याका आधारमा बैकले ३ अर्ब ३० करोड रुपैयाँ बराबरको एफपीओ निष्काशन गर्नेछ । जस मध्ये बैंकको चुक्ता पूँजीमा २५ करोड रुपैंया थपिनेछ भने बाँकी तीन अर्ब पाँच करोड रुपैंया जगेडा कोषमा सञ्चित हुनेछ ।

बैंकको गत मंसिर ३० गते सम्पन्न साधारणसभाले नयाँ सेयर निष्काशनको प्रस्ताव पारित गरेर नेपाल धितोपत्र बोर्ड जानु पहिले नै सेयर मूल्य समेत निर्धारण गरेको हो । अब बैंक नयाँ सेयर निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड जानेछ ।

दुई अर्ब ८१ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले गत आर्थिक बर्षको नाफाबाट ३३ प्रतिशत बोनस वितरण गरी चुक्ता पूँजी तीन अर्ब ७५ करोड रुपैंया पुर्याएको छ । नयाँ सेयर निष्काशन पश्चात उसको चुक्ता पूँजी चार अर्ब मात्र पुग्नेछ भने जगेडा कोषमा सञ्चित हुने प्रिमियमबाट चालु आर्थिक वर्षमा बोनस बितरणबाट उसले पूँजी आठ अर्ब पुर्याउनु पर्ने हुन्छ ।

अहिले बैंकको जगेडा कोषमा पाँच अर्ब ११ करोड पाँच लाख रूपैयाँ सञ्चित रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड ९४ लाख खुद नाफा कमाएर बैंकले प्रतिसेयर आम्दानी ४९ रूपैयाँ ७० पैसा बनाएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।