बिहीबार कसैले प्राइम बैंकको सेयर किनेको भए के हुन्थ्यो ?

Jan 13, 2017 Merolagani

पछिल्ला दिनमा बोनस समायोजनका बेला क्रमिक रुपमा हुने त्रुटिहरुले लगानीकर्तालाई अलमलमा पार्ने गरेको छ । जसका कारण कहिले काँही सेयर किन्ने लगानीकर्ता नराम्रोसँग फस्ने गरेका छन् । बिहीबार पनि प्राइम कमर्शियल बैंकको उस्तै हविगत नेपाल स्टक एक्सचेञ्जमा देखिएको छ । बिहीबार बैंकको बोनस समायोजन हुनु पर्ने भए पनि त्यसो नहुँदा निर्धारित समयमा किन समायोजनको काम हुन सकेन भन्ने प्रश्न उब्जिएको छ ।

बिहीबार बिहान सेयर बजार खुल्नु अगावै प्राइम कमर्शियल बैंकको बोनस समायोजन हुनु पर्ने थियो । तर कारोबार सुरु भएको धेरै बेरसम्म पनि सेयर मूल्य समायोजन हुन नसकेपछि त्यो काम आइतबारसम्मका लागि थाति बसेको छ । बिहीबार यसै कारणले गर्दा प्राइम बैंकको सेयर किनबेच पनि हुन सकेन ।

यदि कुनै कारण बस उक्त दिन सामान्य लगानीकर्ताले समायोजन नभएको मूल्यमा सेयर खरिद गरेको भए उसले न त बोनस नै पाउँथ्यो, न त वास्तविक मूल्यमा सेयर नै । अनि सुरु हुन्थ्यो कारोबार उल्ट्याउने झमेला ।

 

बुधबार प्रकाशित सामग्री : प्राईम कमर्शियल बैंकको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन 

 

आखिर किन भयो यस्तो ?

नेपाल स्टक एक्सचेञ्जले प्रत्येक कम्पनीहरुले बितरण गर्ने बोनस तथा निष्काशन हुने हकप्रदको विबरण समायोजन गर्नु पर्ने अघिल्लो दिनसम्ममा पाए पछि मूल्य समायोजन गर्दै आएको छ । त्यस्तो नभएको खण्डमा उक्त कम्पनीको सेयर कारोबार रोक्का गरेका धेरै उदाहरण यस अघि नदेखिएका हैनन् । नेप्सेका अनुसार प्राइम बैंकले निर्धारित समयमा बोनसको विबरण उपलब्ध नगराएका कारण बिहीबार सेयर मूल्य समायोजन हुन नसकेको हो ।

उता बैंकले भने आफुहरुले समयमा नै विबरण उपलब्ध गराएको दाबी गर्दै किन मूल्य समायोजन नभएको भन्ने सम्बन्धमा आफु जानकार नभएको बताएको छ । बैंकका कम्पनी सचिव सन्तोष बरालले आफुले नै नेप्सेमा बैंकको बोनसको विबरण गत बुधबार मध्यान्ह तीन बजे उपलब्ध गराएको बताउँदै समायोजन नहुनुको कारण आफुलाई थाहा नभएको बताएका हुन् ।

नेप्सेले भने बैंकबाट ढिलो गरी बोनस विबरण आएको र उक्त विबरणमा बोनसको प्रतिशत नखुलाई रकम मात्र उल्लेख गरेर पठाएकाले बिहीबार बिहान समायोजन हुन नसकेको प्रष्टोक्ति दिएको छ । उसका अनुसार बैंकको तर्फबाट प्रष्ट विबरण नदिएका कारण नै यो समस्या आएको हो । आइतबार मात्र प्राइम कमर्शियल बैंकको १७ दशमलव २५ प्रतिशत बोनस समायोजन भएर नयाँ मूल्य निर्धारण हुने नेप्सेले जनाएको हो ।

कुरा जे भए पनि कुनै पनि पक्षले गरेको ढिलासुस्तीको भागिदार सर्वसाधारण लगानीकर्ता किन हुनु पर्ने भन्ने हो । केही समय अघि नेपाल इन्भेष्टमेण्ट बैंकले एस डेभलपमेण्ट बैंकलाई एक्वायर गर्ने सम्झौता गरिसके पछि भोलिपल्ट धमाधम सेयर किनबेच भयो र अन्त्यमा ती सबै कारोबार रद्ध गरियो । यस क्रममा दुख पाउने लगानीकर्ताले नै हो । विभिन्न बहानामा हुने यस्ता त्रुटि सुधार गर्न सबै पक्ष चनाखो नहुने हो भने आगामी दिनमा पनि यस्ता समस्या नआउला भन्न सकिन्न ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।