नेपाल लाईफको एफपीओमा तीन दिनमा १५ अर्बको आबेदन, आज अन्तिम दिन के होला ?

Jan 15, 2017 Merolagani

नेपाल लाइफल इन्स्योरेन्स(NLIC)ले निष्काशन गरेको थप नयाँ साधारण सेयर (एफपीओ) मा
 तीन कार्य दिनमा १५ अर्ब रुपैयाँ बराबरको आबेदन परेकोमा आज अन्तिम दिन आबेदन रकम कति पुग्ला भन्ने चासो उत्पन्न भएको छ । शुक्रबार ४६ हजार आबेदकबाट साढे सात करोड रुपैयाँ बराबरको आबेदन परेपछि कुल आबेदन रकम १५ अर्ब नाघेको हो ।

संस्थागत र ठूला लगानीकर्ताले अन्तिम दिन आज आबेदन गर्ने भएकाले अघिल्ला दिनहरुको जम्मा आबेदन भन्दा दोब्बर रकम आजै जम्मा हुने आँकलन गरिएको छ ।

 

यस सेयरमा सामुहिक लगानी कोषका साथै बाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले समेत आबेदन गर्न पाउने हुँदा आबेदन रकम बढ्ने आँकलन गरिएको हो तर तरलता अभावले बैंक तथा बित्तीय संस्थाहरुले कर्जा परिचालन समेत रोकेको अबस्थामा उनीहरुले कति रकम यसमा राख्लान भन्ने अर्को महत्वपूर्ण पक्ष हो । अन्तिम दिन उल्लेखनीय रुपमा आबेदन पर्ने गरेको यसअघिका सार्वजनिक निश्काशनहरुले देखाएकाले यसमा पनि सोही कुरा दोहोरिने भने पक्का छ । यसरी हेर्दा नेपाल लाईफको एफपीओमा १० गुणा हाराहारीमा आबेदन पर्ने संभावना छ ।


ब्यक्तिगत साना लगानीकर्ताहरुले भने ३० कित्ताका दरले आबेदन गर्ने प्रबृत्ति बढी रहेको देखिँदा साना लगानीकर्ताको संख्या पनि उल्लेखनीय हुने आँकलन गरिएको छ ।

इन्स्योरेन्सले निष्काशन गरेको सेयरको अनुपातमा हिसाव गर्दा तीन दिनमा कम्पनीको एफपिओमा परेको आवेदन झण्डै चार गुणाले बढी हो । तीन दिनमा कम्पनीको एफपिओका लागि आबेदन गर्नेहरुको संख्या एक लाख चार हजार नाघेको छ ।


नेपाल लाइफ इन्सायोरेन्सले १४२५ रुपैयाँका दरले ४ अर्ब ४१ करोड २४ लाख ११ हजार तीन सय २५ रुपैंया बराबरको ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपीओको पुस २७ गतेदेखि आजसम्मका लागि बिक्री खुला गरेको हो । एक सय रुपैंया फ्रेस भ्यालुमा १३२५ रुपैंया प्रिमियम थप गरी कम्पनीले नयाँ सेयर निष्काशन गरेको हो ।

नेपाल लाईफको एफपीओमा न्यूनतम १० कित्ता अर्थात १४ हजार दुई सय ५० रुपैयादेखि र अधिकतम ३० हजार नौ सय ६० कित्ता अर्थात चार करोड ४१ लाख १८ हजार रुपैंयाँसम्मको आवेदन दिन सकिन्छ । लगानीकर्ताले कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड, नेपाल लाइफको काठमाडौ शाखा हेरिटेज प्लाज तथा सिद्धार्थ बैंकका सबै शाखा कार्यालय मार्फत आवेदन गर्न सक्ने छन् ।

त्यस्तै लक्ष्मी क्यापिटल नयाँ वानेश्वर, एनआईबिएल क्यापिटल लाजिम्पाट, कृति क्यापिटल सुन्धारा, काठमाडौ क्यापिटल कमलादी, एस क्यापिटल नक्साल, सिबिआईएल क्यापिटल पुतली सडक तथा ग्लोबल आइएमई क्यापिटल जमलबाट पनि लगानीकर्ताले आवेदन गर्न सक्नेछन् ।

इन्योरेन्सको हाल चुक्ता पुँजी दुई अर्ब १६ करोड रूपैयाँ रहेको छ । एफपीओ निष्काशनपछि कम्पनीको चुक्तापूजीँ दुई अर्ब ४७ करोड रूपैयाँ पुग्नेछ । कम्पनीले एफपीओ बिक्रीबाट आउने थप एक हजार तीन सय २५ रुपैयाँ प्रिमियमबाट संकलन भएको रकम जगेडा कोषमा जम्मा हुनेछ । एफपीओपछि कम्पनीको जगेडा कोषमा कुल ६ अर्ब ६९ करोड ३८ लाख रूपैयाँ जम्मा हुनेछ । एफपिओको प्रिमियमबाट मात्र कम्पनीले चार अर्ब १० करोड २७ लाख रुपैंयाभन्दा बढी रकम जगेडा कोषमा जम्मा गर्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।