माछापुछ्रे बैंकले थपेको हकप्रदको म्याद आईतबार सकिँदै, कतै छुट्नु भएको त छैन ?

Jan 15, 2017 merolagani

माछापुछ्रे बैंक (MBL) ले थपेको हकप्रद भर्ने एकसाताको समय पनि आईतबार सकिदैछ । बैंकको संचालक समितिले गत २४ गते धेरै सेयरधनीले हकप्रद भर्न बाँकी रहेको भन्दै सात दिन समय बढाएको थियो ।

बैंकले गत मंसिर १९ गतेदेखि  हकप्रद खुला गरेको थियो । बैंकले कात्तिक ११ गतेसम्म सेयर किन्ने सेयरधनीलाई ५० प्रतिशत अर्थात दुई बराबर एक कित्ता हकप्रद सेयर जारी गरेको हो । बैंकले एक सय रुपैयाँ दरको १ करोड ९३ लाख २२ हजार ७ सय कित्ता हकप्रदको विक्री गर्न लागेको हो ।


बैंकको सेयर बिक्रि प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । बैंकको हकप्रद सेयर खरिदका लागि विक्रि प्रवन्धकको कार्यालय कमलादी तथा माछापुछ्रे बैंकको सबै शाखाहरुबाट आईतबार कार्यालय समयभित्र हकप्रद भरेर आफ्नो हक सुरक्षित गर्न सकिन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।