प्रभु बैंकको पनि खुल्यो सेयर कारोबार

Jan 15, 2017 merolagani

नेपाल स्टक एक्सचेञ्ज नेप्सेले आइतबारबाट प्रभु बैंक (PRVU) को सेयर कारोबार खुला गरेको छ । ग्राण्ड बैंक र नेपाल डेभलपमेन्ट बैंकलाई गाभेर बनेको प्रभु बैंकको पिआरभियू कोडमा नेप्सेमा कारोबार हुनेछ।

साविकको ग्रान्ड बैंक र प्रभु बैंक एक आपसमा गाभ्ने गाभिने कार्य सम्पन्न भई गत माघ २९ गतेदेखि प्रभु बैंक लिमिटेडको नामबाट एकीकृत कारोवार भएको थियो । मर्ज हुँदा ग्राण्डको ६५.५८ र प्रभुको १२१.४५ सेयर मिलान अनुपात ( स्वाप रेसियो ) कायम हुने निर्णय भएको थियो ।

नेप्सेमा प्रभुको सेयर नियमित कारोबार हुने भएपछि झण्डै दुई बर्षदेखि पीडित बनेका ग्राण्डका लगानीकर्ता पनि लाभान्वित हुने भएका छन् ।

गत असोज १७ र १८ गते राष्ट्र बैकले प्रभु बैंकतर्फको मात्र सेयर कारोबार फुकुवा गराउँदा दुई दिन सेयर किनबेच भएको थियो । त्यतिबेला प्रभुको सेयर मूल्य १० प्रतिशतले बढेको थियो ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २८ करोड रुपैयाँ खुद नाफा कमाएको प्रभुको चुक्ता पूँजी पाँच अर्ब ८८ करोड छ ।
प्रभुले चुक्ता पूँजी आठ अर्ब बनाउन ४० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । बैंकले १५ औं बार्षिक साधारणसभाबाट हकप्रदको प्रस्ताव पारित गरिसकेको छ ।

४० प्रतिशत हकप्रदपछि बैंकको पूँजी कोष सुधार हुनुका साथै चुक्ता पूँजी ८ अर्ब २३ करोड रुपैयाँ पुग्नेछ । ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासिक बित्तीय बिबरण अनुसार प्रभुको पूँजी पर्याप्तता १०.५१ प्रतिशत छ भने निस्क्रिय कर्जा अनुपात ७.५४ प्रतिशत छ । राष्ट्रबैंकले बाणिज्य बैंकको निस्क्रिय कर्जा अनुपात ५ प्रतिशत तल र पूँजी कोष अनुपात ११ प्रतिशत माथि हुनुपर्ने गरी तोकेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।