प्राईम कर्मसिर्यल बैंकको कतिमा भयो सेयरमूल्य समायोजन ?

Jan 15, 2017 merolagani

 नेपाल स्टक एक्सचेञ्जमा आईतबार प्राईम कर्मसिर्यल बैंक(PCBL) को सेयरमूल्य समायोजन भएको छ । प्राईम कमर्सियल बैंकले प्रस्ताव गरेको १७ दशमलव २५ प्रतिशत बोनस समायोजन भएको हो ।बोनस समायोजनपछि प्राईम कमर्शिल बैंकको सेयरमुल्य चार सय ३५ रुपैंयाँ कायम भएको  छ । बैंकको आधारमुल्य पाँच सय एक रुपैंयाँ रहेको छ ।

बिहीबार बिहान सेयर बजार खुल्नु अगावै प्राइम कमर्सियल बैंकको बोनस समायोजन हुनु पर्ने भएपनी बैंकले ढिला गरी विवरण बुझाएको र उक्त विबरणमा बोनसको प्रतिशत नखुलाई रकम मात्र उल्लेख गरेर पठाएको कारण देखाउँदै नेप्सेले बिहीबार मुल्य समायोजन हुन नसकेको बताएको थियो ।

बैंकले केही समयअघि ३३ प्रतिशत बोनस प्रस्ताव गरेको थियो । तर पछि केहि समयअघि जारी गरिएको तीन बराबर एकको अनुपातमा निकालेको हकप्रद सेयरले समेत  बोनस पाउने भएपछि बोनसको मात्रा १७ दशमलव २५ प्रतिशत भएको हो ।

बैंकले यहि माघ १२ गते हुने बार्षिक साधारणसभा प्रयोजनका लागि पुष २८ गतेदेखि माघ १२ गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द गरेको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।