फस्ट माईक्रोफाईनान्स यसपालि फेरि भयो फस्ट

Jan 15, 2017 Merolagani

थोक लघुवित्त कर्जा प्रबाह गर्ने फस्ट माईक्रोफाईनान्स डेभलपमेन्ट बैंक (FMDBL)  चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक बित्तीय विवरण प्रकाशन गर्ने पहिलो कम्पनी पनि बनेको छ । बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा तीन करोड ३६ लाख ९९ हजार खुद नाफा कमाएको छ । बैंकले अघिल्लो बर्षको दोस्रो त्रैमासको तुलनामा नाफामा भारी वृद्धि गरेको हो । 

बैंकले यो बर्षमा गतबर्ष भन्दा एक करोड दुई लाख २५ हजार रुपैँयाले खुद नाफा बढाएको  छ । गत आर्थिक बर्षको दोस्रो त्रैमासमा बैंकले २ करोड ३४ लाख ७४ हजार रुपैया नाफा कमाएको थियो ।

२६ करोड ४५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले पहिलो त्रैमासको तुलनामा दुई रुपैयाँ ७४ पैसा बढाएर प्रति सेयर आम्दानी २५ रुपैयाँ ४८ पैसा कायम गरेको छ । गत बर्षको यहि अवधिमा बैंकको प्रतिसेयर आम्दानी २० रुपैँया ४१ पैसा रहेको थियो ।

दोस्रो त्रैमासिक विवरणमा बैकको प्रति सेयर नेटवर्थ १२८ रुपैयाँ ७० पैसा रहेको छ भने जगेडा कोषमा ७ करोड ५९ हजार १३ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकको निस्क्रिय कर्जा अनुपात सुन्य रहेको छ । नेपाल राष्ट्र बैंकले थोक कर्जा प्रबाह गर्ने लघुबित्तहरुको चुक्ता पूँजी ६० करोड पुर्याउन निर्देशन गरेकाले पूँजी बृद्धिको चापमा यो बैंक पनि परेको छ ।

बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई १५ प्रतिशत प्रदान गरेको छ । बैंकले चुक्ता पूँजी ६० करोड पुर्याउन ५० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । ५० प्रतिशत हकप्रद जारी गरेपछि चालु आर्थिक वर्षमा नै ३९ करोड रुपैयाँ चुक्तापूँजी पुग्नेछ । त्यसपछि बैंकले चालु आर्थिक बर्षमा १५ प्रतिशत बोनश र अर्को बर्ष फेरी पचास प्रतिशत हकप्रद जारी गरेर ६८ करोड पूँजी पुर्याउने बैंकको योजना छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।