नेपाल बैंकको पनि खुद नाफा नै एक अर्ब ९० करोड

Jan 15, 2017 Merolagani

नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक(NBL)ले पछिल्लो समयमा आश्चर्य चकित पार्ने प्रगति गर्न थालेको छ । बिघटनको डिलमा पुगेर फर्किई सुध्रिदै गरेको बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासम्ममा एक अर्ब ९० करोड खुद नाफा गरेको अनौपचारिक जानकारी मेरोलगानी डटकमलाई प्राप्त भएको छ ।

उसले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा एक अर्ब १६ करोड खुद नाफा गरेर प्रति सेयर आम्दानी ७१ रुपैयाँ ७६ पैसा कायम गरेको बित्तीय बिबरण प्रकाशित गरेको थियो । नेपाल बैंक सम्बद्ध स्रोतले दिएको जानकारी अनुसार नाफामा कर र कर्मचारी बोनस वापतको रकम घटाएर एक अर्ब ९० करोड रुपैयाँ खुद नाफा हुने देखिएको छ । 

नेपाल बैंकले गत आर्थिक बर्षमा आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको झण्डै चार लाख कित्ता संस्थापक सेयर मध्ये तीन लाख ४० हजार कित्ता बिक्री गरी एक अर्ब १८ करोड रुपैयाँ गैरसंचालन आम्दानी गरेको थियो । सोही कारणले खुद नाफा बढ्न गएको थियो तर दोस्रो त्रैमाससम्ममा बैंकले संचालन नाफा समेत बढाएर लगेको छ ।


आफ्नो अबस्था सुदृढ पार्न सम्पति बिक्री र डुबेको कर्जा असुली तीब्र पारेको नेपाल बैंकले डिप्रोक्स बिकास बैंकको साढे छ लाख कित्ता संस्थापक सेयर पनि बिक्री गर्ने भएको छ । बैंकको संस्थापक स्वामित्वमा रहेको सेयर मध्ये एक लाख ७५ हजार कित्ता साधारण सेयर हुने बताईएको छ ।


नेपाल बैंकले गत बर्षको खुद नाफाबाट केही पनि लाभांश बाड्न सक्दैन तर चुक्ता पूँजी आठ अर्ब पुर्याउन २३।७४ प्रतिशत हकप्रद जारी गर्ने प्रक्रिया भने अगाडि बढाएको छ । हाल सर्बसाधारणको ३८ र सरकारको ६२ प्रतिशत हिस्सा रहेको नेपाल बैंकमा सरकारले हकप्रद वापतको रकम जम्मा नगरी आफ्नो भागको हकप्रद सेयर लिलाममा लगेर बैंकमा सर्बसाधारणको हिस्सा बढाउने बिकल्प पनि खुला नै रहेको बुझिन्छ । यसो भएमा नेपाल बैंकले आफ्नै सेयर बेचेर पनि यस बर्ष करोडौ कमाउनसक्छ ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।