सेयरधनीले अबको एक महिनाभित्र लाभांश संकलन नगरेमा कानुन अनुसार व्यवस्थापन हुने बैंकले जनाएको हो । सेयरधनीले आफ्नो नगद लाभांश बाँकी छ कि छैन भनेर बैंकको वेभसाईटमा रहेको अनकलेक्टेड डिभिडेन्ट इन्फरमेसनमा गएर हेर्न सकिने बैंकले जनाएको छ ।
तत्कालिन रिलायबल फाईनाइन्स,शुभलक्ष्मी फाईनाइन्स,र नेपाल कञ्जुमर डेभलपमेन्ट बैंक मिलेर रिलायबल डेभलपमेन्ट बैंक बनेको थियो । मर्जरबाट बनेको बैंकका तीनवटै संस्थाका केहि सेयरधनीहरुले नगद संकलन नगरेको कारण एकमुस्ट रुपमा लाभांश संकलन गर्न बैंकले सचेत गराएको हो ।