प्राथमिक बजारले लगानीकर्ता तान्दा दोस्रो बजारमा मन्दी

Jan 15, 2017 merolagani

यस साताको पहिलो दिनको सेयरबजारमा सामान्य गिरावट आएको छ । कारोबारमा आएका वाणिज्य बैंक बाहेक सबै समूह नकारात्मक रहेपछि बजार ओरालो लागेको हो । साथै कारोबार रकममा समेत कमी आएको छ ।


आइतबार २.१४ अंकले घटेर १४७७.७२ अंकमा पुगेको छ । अघिल्लो कारोबारको तुलनामा कारोबार रकम समेत पाँच करोड बढीले घटेको छ । यसदिन सेयरबजारमा १२२ कम्पनीको २७ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो ।

नेपाल लाइफको एफपिओ भर्ने आज अन्तिम दिन भएकाले दोस्रो बजारका लगानीकर्ताहरु प्राथमिक बजारतिर लागेकाले कारोबार रकममा कमी आएको आँकलन गरिएको छ । शुक्राबारसम्ममा नेपाल लाइफको एफपिओमा पन्ध्र अर्ब बढीको आवेदन परिसकेको छ । आइतबार सोही बराबरको आवेदन पर्ने अनुमान गरिएको छ ।

यसदिन स्ट्याण्र्डड चार्टड बैंकको सबैभन्दा बढी ४ करोड ५५ लाख बराबरको कारोबार भयो । एफपिओको मूल्य तय गरेपछि यो कम्पनीको कारोबार बढेको छ भने सेयरमूल्य समेत दश प्रतिशतले बढेको छ ।

यसदिन सिद्धार्थ बैंक र लक्ष्मी बैंकको पनि दुई करोड बढीको सेयर किनबेच भयो । नेपाल लाइफ,शिखर इन्स्योरेन्स र सिटिजन्स बैंकले पनि करोड बढीको कारोबार गरे ।

स्ट्याण्र्डड चार्टडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएको बजारमा हाम्रो विकास, भार्गव विकास, लक्ष्मी बैंक, देव विकास बैंक तथा सिनर्जी फाइनान्स लगायतका कम्पनी धेरै कमाउनेमा परेका छन् ।

ग््राान्ड बैंकले गाभेर आजैबाट सेयर कारोबार खुलेको प्रभु बैंकको सेयरमूल्य सबैभन्दा धेरै करिब दश प्रतिशतले घटेको छ । सहयोगि विकास, सगरमाथा इन्स्योरेन्स, प्राइम बैंक, प्राइम लाइफ तथा ग्रिन डेभलपमेन्ट लगायतका कम्पनी धेरै गुमाउनेमा परे।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।