प्रोफेशनल दियालोलाई किनेको लक्ष्मी बैंकले थाल्यो एकिकृत कारोबार

Jan 15, 2017 merolagani

प्रोफेशनल दियालोलाई विकास बैंक(LBL)  लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरेको लक्ष्मी बैंकले आइतबारबाट लक्ष्मी बैंकको नाममा एकिकृत कारोबार थालेको छ । लक्ष्मीले प्रोफेशनललाई एक सय कित्ता बराबर आफ्नो ५० कित्ता सेयर दिएको थियो ।

तीन अर्ब तीन करोड रुपैंयाँ चुक्ता पूँजी रहेको लक्ष्मी बैंकले प्राफेसन दियालोलाई गत असार १७ गते एक्वाएर गर्ने सम्झौता गरेको थियो । लक्ष्मीले प्रोफेशनलका लगानीकर्तालाई एक सय कित्ता बराबर आफ्नो ५० कित्ता सेयर दिएर किनेको हो ।

२४ करोड चुक्ता पूँजी रहेको प्रोफेसनललाई एक्वायर पश्चात बैंकको चुक्ता पूँजी ३ अर्ब २७ करोड रुपैंयाँ पुग्नेछ । बैंकले एक्वायर पश्चात कायम पूँजीबाट शतप्रतिशत हकप्रद जारी गर्ने छ ।

लक्ष्मी बैंकले प्रस्ताव गर्यो ३८ प्रतिशत बोनस,एक्वायर र हकप्रद समायोजन पछि बोनस अनुपात घट्ने

प्रोफेशनल दियालोलाई प्राप्ति पश्चात लक्ष्मी बैंकको काभ्रेको पाचँखाल र भकुन्डेबेसी, सिन्धुपालचोको चौतारा, भरतपुर¬ चितवनको हाकीमचोक र पोखराको चिप्लेढुङ्गामा ५ वटा नयाँ शाखा थएिका छन् । यो सँगै बैंकको कुल शाखा संजाल ६४ पुगेको छ ।

साथै बैंकको २ विस्तार काउन्टर अनि ८० ए टि एम पुगेको छ भने केन्द्रियकार्यालय लक्ष्मी बैंक लिमिटेडको हाल रहेको स्थानहात्तीसार, काठमाडौं नै कायम रहनेछ ।

यी थप शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।