ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्तालाई हकप्रदको भारी, चार सय प्रतिशत प्रस्ताब

Jan 15, 2017 merolagani

बागलुङमा मुख्य कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंक (GRDBL) ले चार सय प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेर लगानीकर्तालाई हकप्रदको भारी बोकाउने भएको छ । बैकको आईतबार बसेको ९४ औं सञ्चालक समितिको बैठकले हकप्रद पारित गराउन यहि माघ २८ गते आफ्नो चौथो साधारणसभा गर्ने तय समेत गरेको छ ।



साथै बैंकले साधारणसभा प्रयोजनका लागि माघ १२ गतेदेखि २८ गतेसम्म सेयरधनी किताब बन्द गर्ने निर्णय समेत गरेको छ । 

गतबर्षको कमाईबाट कुनै पनी लाभांश प्रदान गर्न नसकेको बैंकले साधारणसभामा भने सेयरनीलाई एक बराबर चार कित्ताको अनुपातमा हकप्रदको भारी बोकाउने प्रस्ताव लैजाने भएको हो । हकप्रदपश्चात बैंकको चुक्ता पूँजी ५० करोड रुपैयाँ पुग्नेछ ।

राष्ट्र बैंकको बैंक तथा वित्तिय संस्थाले चालु आर्थिक बर्षको अन्त्यसम्म चुक्तापूँजी वृद्धि गर्ने प्रावधानका कारण बैंकले चार सय प्रतिशत हकप्रदको बाटो रोजेको हो । बैंकले गत जेठमा १० करोड रुपैंया चुक्तापूँजी पुर्याउन सर्बसाधारणमा ४ लाख ५० हजार कित्ता साधारण शेयर जारी गरेको थियो ।

बैंकले बागलुङ, म्याग्दी र कास्की जिल्लामा कार्यक्षेत्र बिस्तार गरी वित्तीय सेवा दिंदै आएको छ । बैङकको अधिकृत पूँजी ५० करोड, जारी पूँजी १० करोड र चुक्तापूँजी दश करोड रुपैयाँ रहेको छ ।साधारण शेयर निष्काशन पश्चात बैंकमा ५५ प्रतिशत संस्थापक तथा ४५ प्रतिशत सर्वसाधारणको लगानी पुगेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।