सान्जेन जलविद्युत्को साधारण सेयर नागरिक लगानीकोषले निष्कासन गर्ने

Jan 16, 2017 merolagani

चिलिमे हाइड्रोपावरको सहायक कम्पनी सान्जेन जलविद्युत् कम्पनीले सर्वसाधारणमा सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आइपीओ निष्कासन गर्न नागरिक लगानी कोषलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नागरिक लगानी कोष र सान्जेनवीच आइतबार सेयर निस्कासन सम्झौता भएको छ ।

सम्झौतामा सेयर निष्कासन तथा बिक्री प्रबन्धकको तर्फबाट कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र सान्जेनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरे ।

कम्पनीले पहिलो चरणमा प्रतिकित्ता एक सयको दरले ८७ लाख ६० हजार कित्ता सेयर निस्कासन गर्ने सम्झौता भएको कोषका सूचना अधिकृत उद्धव सिलवाले जानकारी दिए । सम्झौता अनुसार पहिलो चरणमा समूह ‘ग’ का ऋणदाता कर्मचारीको लागि छुट्टयाइएको १ प्रतिशत तथा संस्थापक सेयरधनी संस्थाका कर्मचारीको लागि ३ दशमलव ५ प्रतिशत र ‘घ’ अन्तर्गतका कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका संचयकर्ता कर्मचारीलाई छुट्टयाइएको १९ दशमलव ५ प्रतिसत सेयर निष्कासन हुनेछ ।

रसुवामा अवस्थित सान्जेन जलविद्युतले १४.८ मेघावाट जलविद्युत उत्पादन गर्नेछ ।

कार्यक्रममा कोषका तर्फबाट मुख्य व्यवस्थापक सुशीलकुमार अर्याल, सेयर शाखा प्रमुख तथा उपव्यवस्थापक रोशनजंग कार्की, कानुन अधिकृत सुमन पौडेल तथा दिपेन्द्रसिंह अधिकारी र सान्जेनको तर्फबाट प्रमुख वित्त अधिकृत सशान्त बास्तोला लगायतका प्रतिनिधि सहभागी रहेका थिए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।