सिद्धार्थ डेभलपमेन्टले ६० प्रतिशत हकप्रद जारी गर्ने,बिक्री प्रवन्धकमा नबिल इन्भेष्टमेन्ट

Jan 16, 2017 merolagani

सिद्धार्थ डेभलपमेण्ट बैंक (SDBL) ले गत बार्षिक साधारणसभाबाट पारित गराएको ६० प्रतिशत अर्थात दश बराबर छ कित्ता हकप्रद सेयर निष्कासनको प्रक्रिया अगाडि बढाएको छ । जसका लागि बैंकले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।

आइतबार सिद्धार्थ डेभलपमेण्ट बैंक र र नबिल इन्भेष्टमेन्ट बैंकिङबीच सेयर निष्सकान सम्झौता भएको छ । सो सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नबिलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले हस्ताक्षर गरे। 

बैंकको मंसिर २४ गते भएको साधारणसभाले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो।

अहिले बैंकको चुक्ता पूँजी १ अर्ब ४१ करोड रुपैयाँ छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई २४ प्रतिशत बोनस बितरण गरेको थियो ।

हकप्रद जारीपछि बैंकको चुक्ता पूँजी २ अर्ब २७ करोड पुग्नेछ। बैंकले चालु आर्थिक वर्षमा आर्जित मुनाफबाट बोनश वितरण गरेर राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी २ अर्ब ५० करोड पुर्याउने योजना बनाएको छ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ७६ लाख ४९ हजार रुपैंया खुद नाफा कमाएको छ । पहिलो त्रैमासमा बैंकले प्रतिशेयर आम्दानी १६ रुपैंया २५ पैसा बनाएको छ ।

बैंकले देशभर रहेको ३३. शाखा सञ्जाल मार्पmत आफनो लक्षित ग्राहकहरुमा सेवा प्रदान गर्दै आईरहेको छ । चालु आ.व.मा ८ वटा नया शाखा कार्यालयहरु विस्तार गर्ने क्रममा रहेको बैंकले जानकारी दिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।