कस्तो आयो भार्गव विकास र्बैकको दोस्रो त्रैमासिक विवरण ?

Jan 16, 2017 merolagani

भार्गव विकास र्बैक लिमिटेड (BHBL) ले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा अघिल्लो आथिक बर्षको तुलनामा बैंकले आफ्नो खुद नाफामा ७६ प्रतिशतले बढाएर ७८ लाख रुपैँयाँ वृद्धि गरेको छ । यो बर्ष बैंकले एक करोड ८० लाख आठ हजार रुपैँया खुद नाफा कमाएको छ ।

 चालु आर्थिक बर्षमा बैंकको व्याज आम्दानी भने २ करोड १९ लाख रुपैँयाले वृद्धि भएको छ । बैंकले कुल ८ करोड ६१ लाख रुपैंया व्याज आम्दानी गरेको छ । गतवर्ष यसै अवधिमा २ करोड ४२ लाख रुपैँया कमाएको थियो । । बैंकको चुक्ता पूँजी भने १४ करोड ४० लाख रुपैँया रहेको छ । गत बर्षको यसैअवधिको तुलनामा बैंकको चुक्ता पुँजी २ करोड रुपैँयाले बढेको छ ।

बैंकले यस अवधिमा एक अर्ब ६५ करोड ५४ लाख रुपैँया निक्षेप संकलन गरेर एक अर्ब ३८ करोड ७५ लाख रुपैयाँ कर्जा वितरण गरेको छ । गत बर्ष बैंकले यसअवधिमा १ अर्ब ३२ करोड रुपैया निक्षेप संकलन गरेर ९२ करोड ८० लाख रुपैयाँ कर्जा वितरण गरेको थियो ।

गत बर्ष खराब कर्जाको अनुपात ०.३० प्रतिशतमा घटाएको बैंकको समिक्षा अवधिको यो त्रैमासमा खराब कर्जा अनुपात ०.४२ प्रतिशतमा बढ्न पुगेको छ । यस बैंकको प्रति कित्ता सेयर ४०० रुपैँया हाराहारीमा सोमबार नेप्सेमा कारोबार भएको छ । बैंकको बाँके, दाङ र बर्दिया तीन जिल्लामा कार्यक्षेत्र रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।