एफपीओ बारे स्ट्यान्डर्ड चार्टर्डले दियो यस्तो प्रष्टिकरण

Jan 16, 2017 merolagani

स्ट्यान्डर्ड चार्टड बैंक (SCB) ले सरोकारवाला निकायहरुलाई पत्रचारगरी एफपीओ बारे प्रष्टिकरण दिएको छ । बैंकले नेपाल धितोपत्र बोर्ड तथा नेप्से लगायतलाई लेखेको पत्रमा बैंकले प्रस्ताव गरेको एफपिओको मूल्य अन्तिम नभएको प्रष्ट पारेको छ ।

बैंकले लेखेको पत्रमा भनिएको छ बैंकले प्रस्ताव गरेको एफपिओको मूल्य नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमोदन हुन बाँकी रहेको छ । चार्टर्डले नेपाल धितोपत्र बोर्ड, स्टक एक्सचेन्जसहित सरोकारवाला निकाय कम्पनी रजिष्ट्रार, सीडीएस एन्ड क्लियरिङ लिमिटेड, नेपाल राष्ट्र बैंकमा यो प्रस्टीकरण पत्र पठाएको हो ।

धेरैले बैंकले प्रस्ताव गरेको प्रिमियम भाउ नै अन्तिम हो भन्ने बुझेकाले थप प्रस्ट पारिएको हो । एफपीओ निष्कासनसम्बन्धी मापदण्डका आधारमा धितोपत्र बोर्डले चार्टर्डको प्रिमियम मूल्य तोक्नेछ । 

बैंकले एक सय रुपैंयाको फ्रेस भ्यालुमा ११९० रुपैंया प्रिमियम थप गरी १२९० रुपैंयाँमा थप नयाँ साधारण सेयर अर्थात एफपिओ निष्काशन गर्ने प्रस्ताव गरेको छ ।बैंकले कुल २५ लाख ५८ हजार एक सय ४० कित्ता एफपीओ उल्लेखित मूल्यमा निष्काशन गर्ने भएको हो ।

बैकले ३ अर्ब ३० करोड रुपैयाँ बराबरको एफपीओ निष्काशन गर्नेछ । जस मध्ये बैंकको चुक्ता पूँजीमा २५ करोड रुपैंया थपिनेछ भने बाँकी तीन अर्ब पाँच करोड रुपैंया जगेडा कोषमा सञ्चित हुनेछ ।

यता एफपिओको निष्कासनको खबर सार्वजनिक भएपछि नेपाल स्टक एक्सचेञ्जमा यो बैंकको सेयरमूल्य निरन्तर बढेको छ । एफपिओबाट संकलन हुने प्रिमियम रकम र चालु आर्थिक बर्षको नाफाबाट अर्कोबर्ष बैंकले शत प्रतिशत बोनस दिनसक्ने आँकलन हुन थालेपछि बैंकको सेयर भाउ निरन्तर बढ्ने क्रममा रहेको छ । सोमबार पनि सेयरबजारमा यसको भाउ उकालो लागेको छ ।

 

बैंकले एनएमबि क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

दुई अर्ब ८१ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले गत आर्थिक बर्षको नाफाबाट ३३ प्रतिशत बोनस वितरण गरी चुक्ता पूँजी तीन अर्ब ७५ करोड रुपैंया पुर्याएको छ । नयाँ सेयर निष्काशन पश्चात उसको चुक्ता पूँजी चार अर्ब मात्र पुग्नेछ भने जगेडा कोषमा सञ्चित हुने प्रिमियमबाट चालु आर्थिक वर्षमा बोनस बितरणबाट उसले पूँजी आठ अर्ब पुर्याउनु पर्ने हुन्छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।