बोनस, हकप्रदका साथै साधारणसभामा अन्य बैंक तथा वित्तिय संस्थासँग मर्जरमा जाने प्रस्ताव लगिएको थियो । बैंकको शनिवार सम्पन्न साधारणसभाले संचालक समितिलेको राखेको मर्जर सम्बन्धि प्रस्ताव अस्विकृत गरेको हो ।यसपटकको साधारणसभामा मर्जरका लागि प्रक्रिया अघि बढाउन सन्चालक समितिलाई अधिकार दिने प्रस्ताव समेत पारित हुन सकेन ।
बैंकका सेयरधनी तथा लगानीकर्ताहरु मर्जर तथा एक्विजिशन गराउन भन्दा हकप्रद भरेर क्षेत्रीयस्तरकै बैंकको रुपमा रहिरहन राजी भएपछि मर्जरको प्रस्ताव पारित हुन सकेन भने दुई सय प्रतिशत हकप्रदको प्रस्ताव भने पारित भयो ।
यसअघि हाम्रो विकास बैंकले ज्योती विकास बैंकसँग गाभिन गरेको सम्झौता पनि बिशेष साधारणसभाले अस्विकृत गरेको थियो ।
साधारणसभाले गत आर्थिक बर्षको मुनाफाबाट २५ प्रतिशत बोनस सेयर दिने निर्णय भएको छ । हाल १२ करोड ५० लाख पुँजी रहेको छ । बोनसपछी चुक्तापूँजी १५ करोड ६२ लाख पुग्नेछ । त्यसपछी १ः२ अनुपातमा हकप्रद सेयर निष्काशन गरेपछी चुक्तापु“जी ५४ करोड ८७ लाख पुग्नेछ ।
राष्ट्र बैंकको निर्देशन अनुसार ३ जिल्ला कार्यक्षेत्र भएको बैंकको चुक्तापूँजी ५० करोड हुनुपर्नेछ । चालु आवको मुनाफाबाट बैंकले बोनस दिएपछी हाम्रो विकास बैंकले तोकिएको पु“जी पु¥याउने भएको छ ।