नेपाल लाइफको एफपिओमा जम्मा कति पर्यो आवेदन ?

Jan 16, 2017 merolagani

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले निष्काशन गरेको थप नयाँ सेयर अर्थात एफपिओमा कूल ४१ अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । करिब दुई लाख आवेदकबाट ४१ अर्ब बराबरको आवेदन परेको नेपाल लाइफको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको अनुमान छ ।क्यापिटलका अनुसार अझै अन्तिम तथ्याङ भने आईसकेको छैन ।

 सिदार्थ क्यपिटलका मर्चेन्ट बैंकिङ प्रमुख सुजनबाबु अधिकारीका अनुसार चार दिनमा करिव ४१ अर्ब रुपैयाँ बराबरको आवेदन परेको हो ।आइतबार अन्तिम दिन मात्रै २५ अर्ब ३० करोड बराबरको आवदेन परेको थियो ।

अधिकारीका अनुसार अझै अन्तिम तथ्याङ भने आईसकेको छैन । चालिस वटा कलेक्सन सेन्टरहरुबाट अझै अन्तिम तथ्याङ आउन बाँकी छ ।

नेपाल लाइफले चार अर्ब ४१ करोड रुपैयाँ बराबरको ३० लाख ९६ हजार ४९९ कित्ता एफपिओ जारी गरेको हो । करिव साढे चार अर्बको एफपिओमा ४१ अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ।

नेपाल लाइफले प्रति कित्ता एक सय रुपैयाँको शेयरमा १३ सय २५ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता १४ सय २५ रुपैयाँका दरले एफपिओ जारी गरेको थियो। पुस २७ बाट आवेदन खुलेको कम्पनीको सेयरमा हिजो आइतबारसम्म आवेदन दिने समय थियो।

इन्योरेन्सको हाल चुक्ता पुँजी दुई अर्ब १६ करोड रूपैयाँ रहेको छ । एफपीओ निष्काशनपछि कम्पनीको चुक्तापूजीँ दुई अर्ब ४७ करोड रूपैयाँ पुग्नेछ । कम्पनीले एफपीओ बिक्रीबाट आउने थप एक हजार तीन सय २५ रुपैयाँ प्रिमियमबाट संकलन भएको रकम जगेडा कोषमा जम्मा हुनेछ ।

एफपीओपछि कम्पनीको जगेडा कोषमा कुल ६ अर्ब ६९ करोड ३८ लाख रूपैयाँ जम्मा हुनेछ । एफपिओको प्रिमियमबाट मात्र कम्पनीले चार अर्ब १० करोड २७ लाख रुपैंयाभन्दा बढी रकम जगेडा कोषमा जम्मा गर्नेछ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।