एनएमबि सामुहिक लगानी कोष एल १ को दश करोड इकाई नेप्सेमा सुचिकृत,अर्को साता कारोबार खुल्ने

Jan 16, 2017 merolagani

एनएमबि हाईब्रिड फण्ड एल १ (@NMBHFL-1@)को नेपाल स्टक एक्सचेञ्जमा एक अर्ब मूल्य बराबरको दश करोड ईकाई सुचिकृत  सुचिकृत भएको छ । फण्डको आकार एक अर्ब रुपैंँया रहेको छ ।

फण्डले गत भदौ २६ गतेदेखि ३१ गतेसम्म सो ईकाईको निष्काशन खुला गरेको थियो भने कात्तिक ९ गते बाँडफाँड गरेको थियो । फण्डमा २२ हजार तीन सय आवेदकबाट तीन अर्ब असी करोडको आवेदन परेपछि साना लगानीकर्ताले ८३.२२ प्रतिशत र ठुला लगानीकर्ताले १५.७७ प्रतिशतका दरले इकाई प्राप्त गरेका थिए ।

ईकाईको प्रतिएकाई मूल्य मंसिर मसान्तमा दश रुपैँया सात पैसा रहेको छ । फण्डले २७ करोड रुपैँया बराबरको रकम सुचिकृत कम्पनीको धितोपत्रमा लगानी गरेको छ ।

सात बर्षे समयवधि रहेको फण्डको एनएमबि बैंक कोष प्रबद्धक तथा एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।