म्युचुअल फण्डतर्फ मोडिए लगानीकर्ता,प्रभुको संस्थापक कारोबारले रकममा बढोत्तरी

Jan 16, 2017 merolagani

यस साताको पहिलो दिन सामान्य झरेको सेयरबजार दोस्रो दिन सोमबार दोहोरो अंकले झरेको छ । कारोबारमा आएका वित्त बाहेक सबै समूह नकारात्मक रहेपछि बजार ओरालो लागेको हो। दोहोरो अंकले झरेको बजारमा लगानीकर्ताको आर्कषण म्युचुअल फण्डतर्फ मोडिएको छ भने प्रभु बैंकको संस्थापक कारोबारले कारोबार रकममा बढोत्तरी आएको छ ।

यसदिन उच्च कारोबार गर्ने दश कम्पनीको सूचिमा तीन कम्पनी म्युचुअल फण्डका रहेका छन् । यी तीन कम्पनीको मात्रै एघार करोड बढीका इकाईहरु खरिद बिक्री भएका छन । यसले लगानीकर्ताको आर्कषण म्युचुअल फण्डतर्फ भएको देखिन्छ ।

यसदिन सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम एकको ४ करोड ९४ लाख, नबिल ब्यालेन्स फन्ड एकको ४ करोड ७९ लाख तथा एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड एकको एक करोड ९३ लाख रुपैयाँ बराबरको इकाइहरु किनबेच भएका छन् ।

सोमबार नेप्से ११.६३ अंकले घटेर १४६६.०९ अंकमा झरेको छ । अघिल्लो कारोबारको तुलनामा कारोबार रकम भने दोब्बर बढी पुगेको छ । यसदिन सेयरबजारमा १२९ कम्पनीको ५८ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो ।जसमा प्रभु बैंकको २० करोड ४२ लाख रुपैयाँ बराबरको संस्थापक सेयरको किनबेच भएको छ । घटेको बजारमा प्रभु बैंकको २० करोड बढीको संस्थापक सेयरको किनबेच भएपछि धेरैदिन पछि कारोबार रकम ५० करोड नाघेको छ ।

यसपछि स्ट्याण्र्डड चार्टड बैंकको सबैभन्दा बढी ५ करोड ७६ लाख बराबरको कारोबार भयो । एफपिओको मूल्य तय गरेपछि यो कम्पनीको कारोबारका साथै सेयरमूल्य समेत बढेको छ । सोमबार चार्टडको सेयरमूल्य दुई प्रतिशत भन्दा धेरैले बढेर प्रतिकिक्ता २२ सय ६० रुपैयाँ पुगेको छ । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम एक र नबिल ब्यालेन्स फन्ड एकको पनि पौने पाँच करोड बराबरको ईकाइ किनबेच भएको छ ।

यसदिन ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ता सबैभन्दा धेरै कमाउनेमा परेका छन् ।  चार सय प्रतिशत हकप्रदको प्रस्ताव राखेर साधारणसभा बोलाएपछि ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य झण्डै दश प्रतिशतले उकालो लागेको छ । लुम्बिनी फाइनान्स, सहयोगि विकास, नेरुडे लघुवित्त, स्ट्याण्र्डड चार्टड तथा सगरमाथा फाइनान्स लगायतका कम्पनी धेरै कमाउनेमा परेका छन् ।

यसदिन कर्णाली डेभलपेमन्ट बैंकका लगानीकर्ता सबैभन्दा धेरै गुमाउनेमा परेका छन । यो बैंकको सेयरमूल्य दश प्रतिशतले घटेको छ ।यस्तै खानिखोला  हाइड्रो र प्रभु बैंकको सेयरमूल्य पनि दश प्रतिशतकै हाराहारीमा घटेको छ ।

ग्राण्ड बैंकलाई गाभेको प्रभुको आइतबारबाट नेप्सेमा कारोबार खुलेको हो। दुई दिन लगातार यो बैंकको सेयरमूल्य दश प्रतिशतका हाराहारीमा घटेको छ । यस्तै महालक्ष्मी विकास, युनाइटेड इन्स्योरेन्स तथा किसान माइक्रो लगायतका कम्पनी धेरै गुमाउनेमा परेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।