सिदार्थ क्यपिटलका प्रमुख कार्यकारी धु्रव तिमिल्सिनाका अनुसार आवेदन गर्ने मध्येमा साना लगानीकर्ताको संख्या उल्लेखनीय रहेको छ । अन्तिम दिन आइतबार मात्रै एक लाख ४६ हजार आवेदकबाट ३६ अर्ब रुपैयाँ भन्दा बढीको आवदेन परेको थियो ।
छुटफुट समावेश र चेकद्धारा आवेदन गरेकाहरुको बैंक खातामा पैसा नभएर चेक बाउन्स भएको अवस्थामा आवेदक र आवेदन रकममा फरक पर्न सक्ने पनि क्यापिटलले स्पष्ट गरेको छ ।
साढे दुई लाख आवेदकबाट एफपिओ माग भएकाले अब ६० दिनभित्र बाँडफाँट गरिने तिमिल्सिनाले मेरोलगानी डटकमलाई बताए । जस अनुसार चैत्रको पहिलो साता एफपिओ बाँडफाँट हुनेछ ।
पुस २७ गते बाट आवेदन खुलेको कम्पनीको सेयरमा माघ ०२ गतेसम्म लगानीकर्ताले आवेदन गरेका थिए ।
नेपाल लाइफले चार अर्ब ४१ करोड रुपैयाँ बराबरको ३० लाख ९६ हजार ४९९ कित्ता एफपिओ जारी गरेको थियो । करिव साढे चार अर्बको एफपिओमा ५१ अर्ब ८८ करोड रुपैयाँ बराबरको आवेदन परेको हो ।