धितोपत्र बोर्डले हालसम्म विभिन्न ३० वटा बैंकहरुले आश्वा प्रणालीमा सहभागी हुन अनुमति लिएको जनाएको छ । बोर्डका अनुसार २१ वाणिज्य बैंक र ९ विकास बैंकहरुले मुगु र बाजुरा बाहेका ७३ जिल्लाका १५०७ शाखा मार्फत सेयर आवेदनको सुविधा प्रदान गर्नेछन ।
लगानीकर्ताले यो सुविधाको पहिलो उपभोग यही माघ ९ गतेदेखि साधारण सेयर निष्कासन गर्न लागेको फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्सको सेयर आवेदनमा गर्न सक्नेछन । यही माघ देखि आस्वा प्रणाली लागू भएपछि आइपिओमा आवेदन गर्न लगानीकर्तालाई सहज,सरल र झन्झट मुक्त हुने र लगानीकर्ताको सहभागिता समेत बढ्ने बोर्डको अपेक्षा छ ।
यसरी आश्वा प्रणाली मार्फत आवेदन गर्न बैंक खातामा आवश्यक रकम पहिल्यै जम्मा गरेको हुनुपर्ने र हितग्राही खाता अनिवार्य छ । यो प्रणाली मार्फत सेयर आवेदन गर्दा पैसा बोकेर जान नपर्ने र सेयर नपरेको पैसा फिर्ता पाँउन लामो लाइन बसेर झन्झट व्योहोर्न पर्देन ।
यद्यपी धितोपत्रबोर्डले आस्वालाई अहिले अनिवार्य नगरी ऐच्छिक गराएको छ । लगानीकर्ताले यसअघिकै जस्तो प्रक्रियाबाट पनि सेयर आवेदन गर्न सक्नेछन् ।
यी हुन आश्वा प्रणालीमा सहभागी बैंकहरु