ओम डेभलपमेन्टले दोस्रो त्रैमासमा कमायो १९ करोड खुद नाफा

Jan 17, 2017 merolagani

ओम डेभलपमेन्ट बैंक लिमिटेड (OMDBL) ले चालु आर्थिक बर्षको दोस्रो त्रैमास अर्थात पौष मसान्तसम्ममा १९ करोड २ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकले यसअवधिसम्ममा १२ अर्ब ९८ करोड निक्षेप संकलन गरेर ११ अर्ब ३४ करोड कर्जा लगानी गरेको जानकारी दिएको छ ।

यसअवधिमा बैंकले २९ करोड ८९ लाख सञ्चालन मुनाफा गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७७.६७ प्रतिशत रहेको छ भने निक्षेप तरलता अनुपात २३.१३ प्रतिशत रहेको छ ।

बैंकले मनास्लु विकास बैंक लिमिटेडसंग मर्जरमा जानको लागि सैदान्तिक सहमति प्राप्त भईसकेको छ भने आस्वा प्रणालीको लागि पनि स्वीकृती प्राप्त गरिसकेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बुद्धि मल्लले मेरोलगानीलाई जानकारी दिए ।

हाल बैंकको एक अर्ब ५ करोड चुक्तापुँजी रहेको छ । गत आर्थिक बर्षको कमाईबाट २९.२ प्रतिशत बोनस बाड्ने प्रस्ताव गरेको बैंकको बोनसपछि पूँजी एक अर्ब ३६ करोड रुपैयाँ पुग्नेछ ।

पोखरामा केन्द्रीय कार्यालय रहेको ओम डेभलपमेन्ट बैंक गोर्खा जिल्लामा मुख्य कार्यालय रहेको मनास्लु बिकास बैंकसँग मर्जरको प्रक्रियामा रहको छ । मनास्लुको चुक्ता पूँजी १८ करोड रुपैयाँ रहेको छ । मनास्लुले पनि १९ प्रतिशत बोनस प्रस्ताव गरेको छ ।

साथै बैंकले ओम डेभलपमेन्ट बैंक र मनास्लु गाभिएपछि ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि साधारणसभाबाट पारित गरेको छ । चालु आर्थिक बर्षको कमाईबाट दिईने बोनसबाट चुक्तापूँजी २ अर्ब ५० करोड पुर्याउने योजना बैंकको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।