५० प्रतिशत हकप्रद जारी गर्ने अनुमति माग्दै प्रभु ईन्स्योरेन्स पुग्यो धितोपत्र बोर्ड

Jan 17, 2017 merolagani

प्रभु इन्स्योरेन्स (PRIN)  ५० प्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति माग्न धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले २१ औ साधारणसभाबाट ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीले गत बर्षको कमाईबाट १७ प्रतिशत बोनस वितरण गरेको थियो । कम्पनीले बोनस बितरण पश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको हो । जसअनुसार कम्पनीले १९ लाख २५ हजार ७८ कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीको बोनस बितरण पश्चात चुक्ता पूँजी ३८ करोड ५० लाख १५ हजार रुपैंया पुगेको छ । हकप्रद निष्काशन गर्दा कम्पनीको चुक्ता पूँजी ५७ करोड ७५ लाख ५२ हजार रुपैंया पुग्नेछ ।

केन्द्रिय कार्यालय सहित १९ शाखा तथा उपशाखाहरु बट बीमा सेवा दिंदै आएको कम्पनीले आगामी दिनमा अरु शाखा बिस्तार गर्दै जाने लक्ष्य लिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।