कृषि विकास बैंकले थाल्यो मोबाईल बैंकिग सेवा

Jan 17, 2017 merolagani

कृषिविकास बैंक लि. र एफ वान सफ्ट इन्टरनेशनल प्रा.लि. विच मोबाईल बैंकिग सेवा संचालन गर्ने सम्बन्धि सम्झौता भएको छ । सम्झौतामा बैंकका तर्फबाट बजार तथा शाखा व्यवस्थापन विभागका विभागीय प्रमुख प्रेम कुमार श्रेष्ठ तथा एफ वान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरे ।

बैंकले आफ्ना ग्राहकहरुलाई एडिबिएल स्मार्ट बैकिंग नामक मोबाइल बैंकिग सेवा उपलब्ध गराउने छ ।

बैंकको आवश्यकता अनुसार एफवान सफ्टले तयार गरेको उक्त सफ्टवेयर अत्यन्त सुरक्षित, भरपर्दाे तथा हालसम्म नेपालका अन्य बैंकहरुमा प्रयोग नभएको सुरक्षा प्रणाली र यस मार्फत हुने वित्तिय कारोबारलाई थप सुरक्षितगर्न ओटिपीको व्यवस्था समेत रहेको बैंकले जनाएको छ ।

ग्राहकले सेवालिन एडिबिएल स्मार्ट बैकिंग मार्फत वा अनलाईनमा नै आवेदन फारम भर्न सक्ने, बैंक कर्मचारिको संलग्नतालाई लगभग शुन्य पारिएको तथा ५ तहको सुरक्षा प्रणाली अवलम्बन गरिएको बैंकले जनाएको छ ।

हरेक कारोबारको सूचना प्राप्तहुने, रकम ट्रान्सफर गर्न सकिने, स्टेटमेन्ट तथा चेकबुक अनुरोध गर्न सकिने, चेक तथा डेविट कार्ड आदि रोक्का गर्ने सकिने, कर्जाको साँवा तथा व्याज भुक्तानी सम्बन्धि जानकारी लिन सकिने लगायतका अन्य सुविधाहरु उपलब्ध भएको साथै यस वर्षनै सेवालिने ग्राहकलाई बार्षिक शुल्क नलाग्ने समेत बैंकले जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।