यस्ता कुरामा किन पुग्दैन धितोपत्र बोर्डको ध्यान ?

Jan 17, 2017 Merolagani

खानीखोला हाईड्रोपावर(KKHC)ले साधारण सेयर जारी गर्ने बेलामा आबेदकबाट हितग्राही खाता समेत माग गरेर आबेदन भरायो । तर नेप्सेमा सेयर सुचिकरण भएपछि उसले लगानीकर्ताको हितग्राही खातामा सेयर पठाएन र दोस्रो बजारमा सेयर किनबेच हुने सूचना जारी गर्यो ।

केही लगानीकर्ताहरु आफ्नो खातामा सेयर किन आएन भन्दै उसको सेयर रजिष्ट्रार सिभिल क्याटिल पुगे । त्यहाँबाट फेरि एउटा फारम थमाएर हितग्राही खाता र अन्य बिबरणसहित निबदन दिन भनियो ।

हेर्नुहोस् सेयर आबेदन पत्र र पछि थमाईएको हितग्राही खातामा सेयर पठाउने आबेदन पत्र


लगानीकर्ता आफैले भरेको आबेदन फारममा उल्लेखित हितग्राही खातामा सेयर हालिदिएको भए उनीहरुले दोहोरो झंझट ब्यहोर्न पर्ने नै थिएन । हितग्राही खाता नम्बर टाइृप गरेपछि लगानीकर्ताको नाम सहजै रुजु गर्न सकिन्थ्यो तर त्यसो गरिएन । सेयर आबेदन फारममा हितग्राही खाता उल्लेख नगरेका लगानीकर्ताको सवालमा केही भन्नुपर्ने अबस्था हैन ।

यसरी आम सर्वसाधारणको सेयर हितग्राही खातामा नपठाएर केही सिमित ब्यक्तिहरुले आफ्नो मात्र सेयर दोस्रो बजारमा मूल्य बढाएर बेचे र नाफा सुरक्षित गरे । आम सर्बसाधारण लगानीकर्ता मारमा परे ।

मंगलबार प्रभु बैंक(PRVU) र एभरेष्ट फाईनान्सले  चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक बित्तीय बिबरण प्रकाशन गरे । कम्पनीहरुले धमाधम बित्तीय बिबरणहरु प्रकाशन गर्दै गर्दा लगानीकर्ता र आम पाठकले फेरि पनि समस्या भोग्नुपर्ने अबस्था आएको छ । कम्पनीहरुले अपरिस्कृत बित्तीय बिबरणका साथमा धितोपत्र दर्ता तथा निश्काशन नियमावलीको अनुसुची १४ को नियम २२ (२) सँग सम्बन्धित बिबरणहरु साथमै नराख्दा बित्तीय बिबरण अध्ययनमा समस्या भएको हो ।

कतिपय कम्पनीले एउटा पत्रिकामा बित्तीय बिबरण र अर्को पत्रिकामा धितोपत्र दर्ता तथा निश्काशन नियमावलीको अनुसुची १४ को नियम २२ (२) सँग सम्बन्धित बिबरणहरु प्रकाशन गर्ने गरेका छन् । कतिपय कम्पनीले आज एउटा पत्रिकामा बित्तीय बिबरण प्रकाशन गर्ने र केही दिनपछि अर्को पत्रिकामा धितोपत्र दर्ता तथा निश्काशन नियमावलीको अनुसुची १४ को नियम २२ (२) सँग सम्बन्धित बिबरणहरु प्रकाशन गर्ने गरेका छन् । जब कि यी दुबै बिबरणहरु एउटै पत्रिकामा एकसाथ प्रकाशन नभई बिबरण अध्ययन गर्नेहरुलाई धेरै मुस्किल पर्ने गरेको छ । एउटामा चुक्ता पूँजी र खुद नाफा लगायतका हिसाबहरु हुन्छन् भने अर्को पाटोमा प्रति सेयर आम्दानी, मूल्य आम्दानी अनुपात लगायतका मुख्य सूचक र कार्यकारी प्रमुखको स्वघोषणा लगायत हुन्छन् । यी दुबै कुराहरु एउटै पत्रिकाको एकैस्थानमा जोडेर राख्दा लगानीकर्तालाई अध्ययनका लागि सजिलो हुनेमा सम्बनिधत कम्पनीहरुले किन चाहिरहेका छैनन् भन्ने कुरा रहस्यपूर्ण छ ।


यसरी केही कम्पनीहरुले गैरजिम्मेवार ढंगले बित्तीय बिबरण प्रकाशन गरेको देखाएर झारा टार्ने काम मात्र गर्दै आएका छन् । मानौ उनीहरुका लागि बित्तीय बिबरण प्रकाशन गर्नु मात्रै मुख्य काम हो, जहाँ, जतिबेला जसरी गरे पनि हुन्छ । पाठक र लगानीकर्तालाई सहज र सरल भएको छ कि छैन के मतलव ?

यी माथिका बदमासीहरु साना, झिना मसिना ठानिन सक्छ तर त्यसबाट हजारौ लगानीकर्ता प्रताडित भईरहेका छन् । यस्ता समस्याहरुबारे सम्बन्धित कम्पनीलाई जिम्मेवार बनाउन सर्वोच्च नियमनकारी निकाय धितोपत्र बोर्डले किन ध्यान दिएको छैन भन्ने गुनासो बारम्बार उठिरहेको पाईन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।