सिटिजन्स बैंकले ६९ करोड राईटब्याक गरेर पनि खुद नाफा किन कम ?

Jan 18, 2017 Merolagani

सिटिजन्स बैंक(CZBIL)ले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा जम्मा ६३ करोड खुद नाफा गरेर प्रति सेयर आम्दानी २२ रुपैयाँ कायम गरेको छ । बैंकले ब्याज आम्दानी र संचालन मुनाफामा बढोत्तरी गरेको मात्रै छैन, खराब कर्जा असुलेर ६९ करोड ६८ लाख फिर्ता ल्याएको छ तर त्यसको प्रभाव खुद नाफामा पर्न सकेको देखिएन । यद्यपी गत आर्थिक बर्षको दोस्रो त्रैमासको तुलनामा खुद नाफा २२ करोड जत्तिले बढी हो ।

बेंकले ४१ करोड रुपैयाँ असाधारण खर्च र ११ करोड कर्जा जोखिम वापत ब्यहोर्न परेकाले खुद नाफामा आशातित बढोत्तरी हुन नसकेको देखिएको छ । त्यसमाथि कर्मचारी र संचालन खर्च पनि बढेको छ । 

गत बर्ष ५५ प्रतिशत हकप्रद बिक्री र १५ प्रतिशत बोनस दिएर चुक्ता पूँजी बढाएको बैंकले क्रमबद्ध प्रगति भने गर्नसक्ने संभावना छ । पाँच अर्ब ५३ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब ९० करोड मात्र रकम हुनु कम नै हो । गत बर्षको दोस्रो त्रैमासको तुलनामा निक्षेप र कर्जा बढ्नु राम्रो पक्ष हो ।

बेंकले केही समय अघि आफुले किनेका फाइृनान्सहरुको गैर बैंकिड. सम्पति बेच्ने ठूलो प्रयास गरेको भए पनि त्यसको सकारात्मक प्रभाव बित्तीय बिबरणमा देखिएन । निस्क्रिय कर्जा अनुपात १.३२ रहेको बैंकको पूँजी कोष १३.४२ प्रतिशत रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।