छ्याङ्दी हाईड्रोको साधारण सेयर भर्ने आज अन्तिम दिन

Jan 18, 2017 merolagani

लमजुङ जिल्लाका आयोजना प्रभावितका लागि छ्याङ्दी हाइड्रोले निष्कासन गरेको दुई लाख ७० हजार कित्ता साधारण सेयर भर्ने आज अन्तिम दिन हो । हाइड्रोले सर्वसाधारण्का लागि छुट्याइएको  सात लाख २० हजार कित्ता मध्येबाट आयोजना प्रभावितका लागि उक्त सेयर निष्काशन गरेको हो ।

हाइड्रोले आफ्नो कम्पनीको कार्यलय सहित अन्य तीन वित्तीय संस्थाबाट स्थानीयको आवेदन संकलन गर्ने व्यवस्था मिलाएको छ । ग्लोबल आईएमई क्यापिटल शेयर निष्काशन तथा बिक्रि प्रबन्धक रहेको कम्पनीले निष्काशन गरेको सेयरका लागि लगानीकर्ताले छिटोमा माघ पाँच गतेसम्ममा आवेदन दिनु पर्ने हुन्छ ।

कम्पनीका अनुसार आयोजनाबाट अति प्रभावित तथा प्रभावित लमजुङका फलेनी, बसन्तपुर, ढडेनी, चिति, नौथर र बेंशीशहर नगरपालिकाका बासिन्दालाई ४० प्रतिशत, तथा अरु न्युन प्रभावित बासिन्दाहरुका लागि २० प्रतिशतका दरले सेयर बाँडफाँड गरिने छ ।


सेयरमा आवेदन गर्न लगानीकर्ताले फलेनी गाविसमा रहेको हाइड्रोको साइट कार्यालय, ग्लोबल आईएमई बैंक, बेंशिशहर, प्यासिफिक डेभलपमेण्ट बैंक, भोटेओडार र कैलाश विकास बैंक बेंशिशहरमा सम्पर्क राख्नु पर्ने हुन्छ ।

लमजुङकोे फलेनी र वन्सार गाविसको मध्य भागमा रहेको छन्दी खोलामा निर्माण सम्पन्न भएको २ मेगावाट क्षमताको जलविद्युत आयोजनाले नियमित विद्युत उत्पादन सुरु गरी केन्द्रिय प्रशारण लाइनबाट विद्युत बितरण गरिरहेको छ ।

कम्पनीका कार्यकारी सञ्चालक एलबी थापाका अनुसार आयोजना प्रभावितका लागि सेयर निष्काशन गरिसकेर सर्वसाधारणका लागि बाँकी रहेको चार लाख ५० हजार कित्ता सेयर निष्काशनको प्रकृया थालनी गरिनेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।