सुविधाजनक नयाँ निक्षेप योजनाहरुका साथै विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तीगत तथा साना व्यवसायकर्जा सेवाहरु प्रदान गरी व्यक्तीगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरालई फराकिलो पार्दै जाने लक्ष्य बैंकले लिएको छ ।
विशेष गरी साना व्यवसायकर्जा र व्यवसायिक कृषि क्षेत्रमा बैंकले आफ्नो ध्यान केन्द्रित गरेको छ । जस अनुरुप देशका विभिन्न क्षेत्रका साना तथा लघु उद्यमी तथा कृषकहरुलाई सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै वित्तीय सेवा तथा सल्लाह प्रदान गरी उनीहरुको व्यवसाय प्रवद्र्धन तथा वित्तीय व्यवस्थापनकार्यमा ठूलो मद्दत पु¥याएको छ । आगामी दिनहरुमा बैंकले अझ धेरै शाखाअनि सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्यलिएको छ ।