बैंकले कर प्रयोजनका लागि १ दशमलब ५३ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको छ । साधारणासभा र बोनस सेयर वितरण प्रयोजनको लागि बैंकले माघ २३ गतेदेखि २७ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।
बैंकले दिने बोनस सुरक्षित गर्न माघ २२ गतेसम्म बैंकको सेयर खरिदगरी सक्नुपर्नेछ ।
साथै बैंकले साधारणसभामा दश बराबर चार अर्थात चालीस प्रतिशत हकप्रदको प्रस्ताव समेत लैजाने भएको छ । संस्थापक सेयरधनी र साधारणसेयरधनीको शेयर स्वामित्व ७०:३० कायम गर्न हकप्रदको प्रस्ताव साधारणसभामा लैजान लागेको बैंकले जनाएको छ । बैंकले एक अर्ब ९९ करोड १९ लाख रुपैयाँ बराबरको हकप्रद बिक्री गर्ने प्रस्ताव गरेको छ ।
हाल बैकको ३ अर्ब ८८ करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । उक्त बोनस वितरण पश्चात बैंकको पूँजी ४ अर्ब ९७ करोड रुपैयाँको हाराहारीमा पुग्नेछ । हकप्रद पश्चात बैंकको पूँजी झण्डै ७ अर्ब रुपैयाँ पुग्नेछ ।
केही हप्ता अगाडि ६७ हजार कित्ता एफपिओ जारी गरेर बैंकको ६७ लाख रुपैयाँ चुक्तापूँजी थप गरेको छ ।
चालु आर्थिक बर्षको पहिलो तीन महिना असोज मसान्तसम्मा बैंकले ३५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यसअवधिमा बैंकको प्रतिशेयर आम्दानी ३६ दशमलव ४८ रुपैयाँ, नेटवर्थ १ सय ८८ रुपैयाँ ७९ रुपैयाँ रहेको छ ।
नेपाल एसबीआई बैंकमा भारतको स्टेट बैंक अफ ईण्डियाको बहुमत सेयर लगानी छ । बैंकले ७३ शाखा ,८६ एटिएम तथा ६७८ जना कर्मचारी मार्फत सेवा प्रदा गर्दै आइरहेको छ ।
यसका साथै बैंकले हकप्रद सेयर निष्कासन गर्नका लागि एनएमबि क्यापिटलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको समेत जानकारी दिएको छ ।