यदि कुनै कारणले तपाईको खातामा बोनस सेयर प्राप्त हुन नसके भए या त तपाईले आफुसँग भएको सेयर डिम्याट खातामा अभौतिकिरण गर्नु भएको छैन या अन्य विविध कारणले गर्दा तपाईको खातामा सेयर प्राप्त नभएको हुनसक्छ । त्यसका लागि तपाईले के कारणले आफ्नो खातामा सेयर प्राप्त भएन भनेर त्यसको खोजी गर्नुहोस् ।
बैंकले भौतिक सेयर जारी गर्दा लगानीकर्ताले पुन उक्त सेयर अभौतिकिकरण गर्नुपर्ने भएकाले अभौतिक रुपमा नै प्रदान गर्न लागेको हो । यससँगै बैंकले गत आर्थिक बर्ष र अबका दिनमा प्रदान गर्ने सेयर सोझै हितग्राहि खातामा उपलब्ध गराउने भएको हो ।
अझै तपाईले आफुसँग भएको सेयर प्रमाणपत्र अभौतिकिकरण गर्नु भएको छैन भने छिटो गर्नुहोस् किनभने गत बर्षको माघदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार गर्दा अभौतिक सेयर मात्र कारोबार हुँदै आएको छ । तपाईले हितग्राहि खाता सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निक्षेप सदस्यको रुपमा काम गर्न स्वीकृति लिएका जुनसुकै सदस्यहरुमा खोल्न सक्नुहुन्छ ।
सेयर अभौतिकिकरण नगरेका लगानीकर्तालाई बैंकले आफुलाई सजिलो पर्ने नजिकको निक्षेप सदस्य वा नेपाल बंगलादेश बैंक वा सेयर रजिष्टार ग्लोबल आईएमई क्यापिटलमा खाता खोली उक्त हितग्राहि खाताको विवरण बैंकको सेयर रजिष्टार ग्लोबल आईएमई क्यापिटलमा उपलब्ध गराउन भनेको छ ।