वाणिज्य बैंक समूह ओरालो लागेपछि बढ्न सकेन नेप्से,३४ करोडको कारोबार

Jan 19, 2017 merolagani

यस साताको अन्तिम दिनको सेयरबजार स्थिर रहेको छ भने कारोबार रकममा सामान्य सुधार देखिएको छ ।अधिकांस समूह सकारात्मक रहेपनि बजार लिडर वाणिज्य बैंक समूह नकारात्मक रहेपछि बजार बढ्न सकेन । स्थिर देखिएको बजारमा राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य भने झण्डै दश प्रतिशतले बढेको छ ।

विहिबार नेप्से ० दशमलव ३३ अंकले उकालो लागेर १४६२ दशमलव ५५ अंकमा अडिएको  छ । झिनो अंकले नेप्से बढेपनि अघिल्लो दिनको भन्दा उकालो लाग्न सकेन । कारोवारमा आएका अधिकांश समुहको परिसुचक सकारात्मक रहेपनि बजार लिडर वाणिज्य बैंक र उत्पादन समूह नकारात्मक रहेपछि बजार स्थिर हुन पुग्यो ।


वाणिज्य बैंक साढे तीन अंक तथा उत्पादन समूह करिब नौ अंकले ओरालो लागेका छन् । अन्य बाँकी समूह भने सामान्य बढेका छन् । सबैभन्दा धेरै बढेको बीमा समूह ५२ अंकले उकालो लागेको छ । 

१३१ कम्पनी कारोवार भएको विहीबारको सेयर बजारमा ११ लाख १४ सय कित्ता सेयर ३३ करोड ९५ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब अढाई करोडले बढी हो । यसदिन युनियन फाइनान्सको २ करोड ६५ लाख रुपैयाँ बराबरको संस्थापक सेयरको किनबेचले पनि कारोबार रकम बढाउन टेवा पुगेको हो ।

यसदिनको कारोबारमा युनियन फाइनान्सकै संस्थापक सेयरको कारोबार सबैभन्दा बढी हो । यसपछि उच्च कारोबार गर्ने प्रभु बैंकको पनि दुई करोड बढीको सेयर किनबेच भएको छ । नेपाल बैंक, एसबिआई,मेगा, सिद्धार्थ बैंक र नेपाल बैंकले पनि करोड बढीको कारोबार गरे ।

विहीबारको बजारमा राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले कमाए । यो कम्पनीको सेयरमूल्य करिब दश प्रतिशतले बढेको छ । कर्णाली डेभलपमेन्ट, ओरेन्टल होटल, एनबि इन्स्योरेन्स,युनाईटेड इन्स्योरेन्स तथा वेष्टर्न डेभलपेमन्ट बैंकका लगानीकर्ता धेरै कमाउनेमा परे ।

अघिल्लो दिन दश प्रतिशतको दरले गुमाएका हिमालयन डिस्टलरीका लगानीकर्ताले विहीबार पनि सबैभन्दा धेरै गुमाएका छन् । यसदिन यो कम्पनीको सेयरमूल्य पाँच प्रतिशत भन्दा धेरैले घटेको छ । यस्तै मिथिला लघुवित्त,युनियन फाइनान्स संस्थापक, ग्रिन डेभलपमेन्ट बैंक तथा सेति फाइनान्स लगायतका कम्पनी धेरै गुमाउनेमा परे ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।