मोरङको बिराटचोकमा रहेका यस कम्पनीले पिएलओ, मेगा र स्टार ब्राण्डका ९० भन्दा बढी प्रकारका लुब्रिकेन्टस उत्पादन गरिरहेको छ । प्रत्यक्ष रुपमा २ सय भन्दा बढीलाई रोजगारी दिइरहेको पिएलओका देशभरमा ७ सय भन्दा बढी डिस्ट्रीब्युटर रहेका छन् । चालू आर्थिक बर्षमा ५० करोड बढीको कारोबार लक्ष्य कम्पनीले लिएको डाइरेक्टर दुलालले बताए । पिएलओको अबलोकन कार्यक्रममा पूर्व संचारमन्त्री शेरधन राइ र पूर्व कानून मन्त्री अग्नी खरेलको पनि उपस्थिती रहेको थियो ।