उक्त सेयरमा आवेदन छिटोमा फगुन २ गते र ढिलोमा फागुन १७ गते बैंकिङ्ग समय पश्चात बन्द हुने सेयर विक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ ।
सेयरमा लमजुुङ्ग जिल्लाका आयोजनाबाट अति प्रभावित हुने चिती, ढोडेनी, बन्सर,नौथर, श्रीमञ्ज्याङ्ग, अर्चलबोट गरि छ वटा गाबिसका बासिन्दाले पाँच लाख ३२ हजार सात सय आठ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
त्यस्तै जिल्लाका अन्य गाबिसका बासिन्दाहरुलाई पाँच लाख ३२ हजार सात सय नौं कित्ता सेयरमा आवेदन खुला गर्न लागिएको हो ।
बिस्तृतमा यहाँ हेर्नुहोस् ।
कस्तो छ कम्पनीको अवस्था र प्रगति ?
हिमालयन पावर पार्टनर लिमिटेड २०६१ साल जेठमा प्राईभेट कम्पनीको रुपमा दर्ता भई २०७० आषाढमा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कम्पनी हो । लिमिटेडले दोर्दी खोलामा २७ मेगावाट क्षमताका आयोजना निर्माण गर्न २०७१ पुसबाट थालेको छ । ३८ प्रतिशत काम सकिएको आयोजना २०७५ जेठमा अन्त्यसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
कुल लागत चार अर्ब २३ करोड ५४ लाख १७ हजार रुपैँया रहेको कम्पनीको प्रतिमेगावाट लागत भने १५ करोड ६८ लाख ६७ हजार दुई सय ९८ रुपैँया रहेको छ । कम्पनी र नेपाल विद्युत प्राधिकरणका बिचमा बर्षायाममा प्रति किलोवाट ४ रुपैँया ८० पैसा र सुख्खा याममा ८ रुपैँया ४० पैसामा विद्युत्त खरिद सम्झौता भैसकेको छ ।
हाल कम्पनीको नगद मौज्दात ४ करोड ८२ लाख ८ हजार रुपैँया रहेको छ । कर्जा तथा सापटी तर्फ ३१ करोड २२ लाख ७० हजार रुपैँया र अन्य चालु सम्पत्ति एक करोड ७८ लाख २९ हजार रुपैँया बराबर रहेको छ भने एक करोड ५२ लाख ९ हजार रुपैँया बराबरको उपकरणहरु रहेका छन् ।
कम्पनीको सेयर पूँजी ७४ करोड ५७ लाख ९२ हजार रुपैँया र दिर्घकालिन कर्जा ९६ करोड ८० लाख १० हजार रुपैँया रहेको छ । त्यस्तै अन्य चालु दायित्व अन्र्तगत ८० लाख ९२ हजार तथा कम्पनीले ७ लाख ६३ हजार कर तिर्न बाँकी रहेको छ ।
हिमालयन पार्टनर लिमिटेडको सञ्चालक समितिमा गैर आवासिय नेपालीहरुकै बाहुल्यता रहेको छ । जसमा जीवनाथ लामिछाने, चन्द्रप्रसाद ढकाल, शेष घले, महेशकुमार श्रेष्ठ, गुरुप्रसाद ढकाल लगायत रहेका छन् ।