प्रभु बैंकले साधारण सेयरको आवेदन संकलन गर्ने

Jan 20, 2017 Merolagani

नेपाल धितोपत्र बोर्डले प्रभु बैंकलाई साधारण सेयरको आवेदन संकलनका लागि आस्बा प्रणालीको अनुमति दिएको छ । धितोपत्र बोर्डले धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ बमोजिम प्रभु बैंकलाई धितोपत्र दरखास्त संकलन गर्ने कार्य (आस्वा प्रणाली) कोे अनुमति दिएको हो ।

बैंकले अनुमती प्राप्त गरेको आस्वा प्रणाली अन्तर्गत सार्वजनिक रुपमा धितोपत्र निष्काशन हुँदाका बखत खरिद गर्न चाहने यस बैंकको जुनसुकै शाखा कार्यालयका खाता धनी लगानीकर्ताहरुले बैंकको कुनै पनि शाखाबाट सेयर आवेदन गर्न सक्ने छन् ।

सेयर दरखास्त फारममा उल्लेख भए बमोजिमको रकम सम्बन्धित लगानीकर्ता खाताधनीकै खातामा रोक्का राखी उक्त धितोपत्र बाँडफाँड भए पश्चात् निजको नाममा कायम हुन आएको धितोपत्र बराबरको रकम मात्र सम्बन्धित धितोपत्र निष्कासनकर्ता कम्पनीमा पठाई बाँकी रकम सम्बन्धित खाताधनीले पुर्ववत् रुपमा प्रयोग गर्न सक्ने गरी फुकुवा गर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

‘देशभर रहेका यस बैंकका शाखा कार्यालयहरुका खाताधनी लगानीकर्ताहरुले सहज, सरल र झन्झट मुक्त तवरले सार्वजनिक रुपमा निष्कासन हुने धितोपत्रमा लगानी गर्न सक्ने सुविधा प्राप्त गर्नुहुने भएकोले यसबाट बैंकका सम्पूर्ण खाताधनी लगानीकर्ता महानुभावहरु लाभान्वित हुनुहुने विश्वास बैंकले लिएको छ ।’ बैंकद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।