कुलेश्वरमा टोयोटाको आउटलेट खुल्यो, जेन्युन पार्टस सहजै पाइने

Jan 20, 2017 Merolagani

युनाइटेड ट्रेर्डस सिन्डिकेट प्रालिले काठमाडौंको कुलेश्वरमा मोर्टस पार्टसको आउटलेट सञ्चालनमा ल्याएको छ । उक्त आउटलेटबाट टोयोटाको आधिकारीक मोटर पार्टसहरु मात्र बिक्री गर्ने कम्पनीले जनाएको छ । अँग्रेजी नयाँ बर्षको अवसरमा टोयोटाले आउटलेट संचालनमा ल्याएको हो । आउटलेटबाट ग्राहकले टोयोटाको आफ्नै जेन्यून मोटर आयल समेत खरिद गर्न सक्नेछन् ।

बिगत ५० बर्षदेखि नेपाली उपभोक्तालाई उनीहरुको चाहना अनुसार सेवा दिदै आएको यस कम्पनीले आफ्ना ग्राहकले जेन्यून पार्टसहरु सहजरुपमा प्रयोग गर्न पाउन् भनेरै आउटलेट खोलिएको कम्पनीले जनाएको छ । ‘काठमाण्डौंको नयाँ बजारमा केहि समय अगाडी खोलिएको पार्टसको आउलेटबाट ग्राहकको सकरात्मक प्रतिकृया आएकाले यो आउटलेट बिस्तार गरिएको हो ।’ कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।