चुक्ता पुँजी ३० करोड १६ लाख ६१ हजार रूपैयाँ रहेको बैंकले बैंकले १७ प्रतिशत बोनस र ३६ प्रतिशत हकप्रदबाट ६ करोड ७२ लाख ७० हजार रुपैयाँले पूँजी वृद्धि गरेको छ ।
समिक्षा अवधिमा अरनिकोले ब्याज आम्दानीमा उल्लेख्य वृद्धि गरेका कारण खुद नाफा समेत बढेको हो । बैंकको खुद ब्याज आम्दानी मात्र ३१ प्रतिशतले बढेर ६ करोड ४७ लाख ६८ हजार रुपैयाँ पुगेको छ । बैंकले राइट ब्याक मात्रै एक करोड ७३ लाख १२ हजार रुपैयाँको गरेको छ ।
बैंकको जगेडा कोष बढेको छ । हाल जगेडा कोषमा १६ करोड २९ लाख २५ हजार रुपैयाँ सञ्चित रहेको छ । गत बर्ष बैंकको जगेडा कोषमा नौ करोड तीन लाख ७३ हजार रुपैयाँ मात्र सञ्चित रहेकामा यो बर्षमा बैंकले सात करोड २५ लाख ५२ हजारले जगेडाकोष वृद्धि गरेको हो ।
बैंकले गत बर्ष एक दशमलव ८६ प्रतिशत रहेको खराब कर्जालाई घटाएर शुन्य दशमलव ४८ प्रतिशतमा झारेको छ । त्यस्तै बैंकले प्रतिसेयर आम्दानी पनि सात रुपैँयाले वृद्धि गरि २४ रुपैयाँ ३५ पैसा कायम गरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ एक पैसा र तरलता अनुपात ३७.८४ प्रतिशत रहेको छ ।
यसै बिच अरनिको डेभलपमेण्ट बैंकले हकप्रदमा नबिकेको ५१ हजार ९० कित्ता साधारण तथा ४३ हजार सात सय ५९ कित्ता संस्थापक सेयर माघ १० गतेदेखि लिलाममा राखेको छ ।