मितेरी डेभलपमेण्ट बैंकको लिलाममा राखिएको सेयर कसले कतिमा सकार्यो ?

Jan 20, 2017 Merolagani

५० प्रतिशत हकप्रद निष्काशन गर्दा बिक्री नभईर लिलाम गरिएको मितेरी डेभलपमेण्ट बैंकको ६० हजार कित्ता सेयरको बोलकबोल खोलिएको छ । साथै उक्त परिमाणको सेयर ७२ जनालाई बाँडफाँड पनि गरिएको प्रभु क्यापिटलले जनाएको छ । बैंकले १७ हजार ४८९ कित्ता संस्थापक तथा ४२ हजार २५९ साधारणगरी ५९ हजार ७३८ कित्ता सेयर पुस २६ देखि माघ चार गतेसम्म लिलाममा राखेको थियो ।

क्यापिटलका अनुसार बैंकको संस्थापक सेयरका लागि न्युनतम दुई सय ९७ तथा साधारण सेयरका लागि चार सय ४५ रुपैंयाभन्दा माथिको आवेदन गर्नेले सेयर पाएका छन् । साधारण सेयरका लागि कुल दुई सय ९१ वटा आवेदन परेकोमा उक्त मूल्य अनुसार ७२ जनालाई मात्र सेयर बाँडफाँड गरिएको छ भने संसथापकका लागि २९ आवेदन परेकोमा १० जनालाई मात्र सेयर बाँडफाँड गरिएको छ । बैंकको संस्थापक सेयरका लागि अधिकतम चार सय आठ तथा साधारण सेयरका लागि पाँच सय २१ रुपैंयासम्मको आवेदन परेको प्रभु क्यापिटलले जनाएको छ । बिहीबार मितेरीको प्रतिकित्ता सेयर पाँच सय रुपैंयामा किनबेच भएको थियो ।

प्रभु क्यापिटलका अनुसार लिलाममा सेयर नपाएकाहरुको पैसा आगामी बुधबारदेखि फिर्ता हुनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।